पूर्वीद्वार साकोस पुग्यो गोमनसरी

  प्रकाशित मिति
२० माघ २०७६, सोमबार १३:२१


 

मेचीनगर । मेचीनगर–१०, धुलाबारी मोडमा प्रधान कार्यालय रहेको पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाले मेचीनगर–७ को गोमनसरीमा आफ्नो सेवा कार्यालय सञ्चालनमा ल्याएको छ ।

ग्रामीण भेगका जनतालाई सजिलो सेवा प्रवाह गर्नेगरी गोमनसरीमा खुलेको सेवा कार्यालय संस्थाको दोस्रो हो । यसअघि मेचीनगर–१५ को ज्यामिरगढीमा संस्थाको पहिलो कार्यालय सञ्चालनमा आइसकेको छ ।

आइतवार एक कार्यक्रमकाबीच सेवा कार्यालयको उद्घाटन गरिएको छ । प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकीले सेवा कार्यालय उद्घाटन गरेका हुन् ।

कार्यक्रममा मेचीनगर वडा नं ७ का वडाध्यक्ष चन्दन मेचे, सहकारी संस्थाका अध्यक्ष विपी भट्टराई, पूर्व अध्यक्ष चेतन विष्टलगायतले शुधकामना मन्तव्य राखेका थिए ।

सहकारी संस्थाका क्षेत्र नं. १ का क्षेत्रीय संयोजक भूमिराज राउतको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहकारी संस्थाका उपाध्यक्ष मणिराम खतिवडा, सचिव जीतबहादुर खड्का, लेखा समिति संयोजक गोपाल राउत, सञ्चालक सदस्य निरोज कट्टेल, कुश्मी चौधरी, दिनेश श्रेष्ठ, कार्यालय प्रमुख प्रल्हाद खड्का लगायतको आतिथ्यता रहेको थियो ।

पूर्वीद्वार साकोसको शेयर पुँजी १ करोड ५० लाख रुपैयाँ रहेको अध्यक्ष भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: