भारतीय गाडीलाई निःशुल्क ‘सुविधा पास’ दिन सुरु

  प्रकाशित मिति
१० आश्विन २०७९, सोमबार १६:५७


काँकरभिट्टा, १० असोज । मेची भन्सार कार्यालयले आजदेखि पूर्वीनाका काँकरभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको धुलाबारी बजारसम्म आवतजावत गर्न निःशुल्क ‘सुविधा पास’ उपलब्ध गराएको छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत केशवप्रसाद ओलीले भारतीय सवारी साधनका चालकलाई धुलाबारीसम्म आवत जावतका लागि सुविधा पास हस्तान्तरण गरेका छन् । बिगत तीन वर्षदेखि भारतीय सवारी साधनलाई यो सुविधा दिइएको थिएन ।


पर्यटन तथा अन्य व्यवसायसँग आवद्ध संघसंस्थाहरुले सीमा नजिकको बजारसम्म भारतीय सवारी साधनलाई सुविधा पासमा प्रवेश दिन माग गर्दै आएपछि निःशुल्क सुविधा पास दिन सुरु गरिएको मेची उद्योग बाणिज्य संघका सदस्य दिपेन्द्रराज पाण्डेले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: