पूर्वी नाकाबाट तत्काल उद्दार गर्नु पर्ने ९०५ जना नेपाली

  प्रकाशित मिति
४ जेष्ठ २०७७, आईतवार १९:०१


।। अर्जुन कार्की ।।

मेचीनगर । भारत पश्चिम बंगालको पानीट्याङ्की नाकादेखि सिलीगुडीसम्मका क्षेत्रमा अलपत्र परेका नेपालका सातै प्रदेशका ९०५ जना नेपाली नागरिकहरुलाई तत्काल उद्दार गर्नु पर्ने अवस्थामा देखिएको छ ।

भारतको पानीट्याङ्कीदेखि सिलीगुडीका विभिन्न क्वारेन्टाइन, आफन्त र अलपत्र अवस्थामा सडकमा भौतारिरहेका सात वटै प्रदेशका उक्त संख्याका नेपाली नागरिकहरुलाई तत्काल उद्दार गर्नु पर्ने भएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका अनुसार प्रदेश एकदेखि ७ नम्बर प्रदेशका ९०५ जना नेपालीहरु भारतीय सीमा क्षेत्रमा अलपत्र अवस्थामा छन् ।

प्रदेश नम्बर १ को १२ जिल्लाका ६३ जना, प्रदेश नं.२ को ३ जिल्लाका १८ जना, प्रदेश नं.३ को १४ जिल्लाका १९३ जना, प्रदेश नम्बर ४ को ७ जिल्लाका ९३ जना, प्रदेश नम्बर ५ को १२ जिल्लाका ३३२ जना, प्रदेश नम्बर ६ को १० जिल्लाका ११८ जना र प्रदेश नम्बर ७ को ९ जिल्लाका ७१ जना तथा ठेगाँना नखुलेका अन्य १६ जना नेपाली नागरिकहरु रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पोखरेलले जानकारी दिए ।

अधिकांश अलपत्र रहेका नेपालीहरुमा दाङका ६१ जना, रोल्पाका ६७ जना, कैलालीका ७० जना तथा काठमाडौँ, काभे्र, चितवन, कास्की, रुकुम र रुपन्देही जिल्लाका रहेको उनले बताए ।

यीदेखि बाहेक अन्य पनि भारतमा अलपत्र रहेका नेपालीहरु सम्पर्कमा आइरहेको बताइएको छ ।

उनीहरुको उद्दारका लागि झापाका पालिकाहरुले तयारी समेत गरिरहेका छन् ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले माथिबाट आदेश नआएसम्म भारतबाट अलपत्र नेपालीहरुलाई उद्दार गरेर ल्याउन सक्ने अवस्था नभएको बताए ।

भारतबाट लुकिछिपि नेपाल आए उनीहरुलाई पक्राउ गरी क्वारेन्टाइनमा राख्न सक्ने उनले जानकारी दिए ।

पश्चिम बंंगाल सरकारले भारतीय सीमा क्षेत्रमा अलपत्र अवस्थामा रहेका नेपाली नागरिकहरुलाई नेपाल छिर्न दिएको छैन ।

तर, भारतमा रेल सेवा सञ्चालन भएपछि सयौँ नेपालीहरु रेलबाट सीमा नाकामा आएर बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: