पूर्वी नाका उच्च जोखिममा

  प्रकाशित मिति
१० जेष्ठ २०७७, शनिबार १९:२८


मेचीनगर । मेचीनगरपालिकाले भारतबाट आउने नेपालीका कारण नगर उच्च जोखिममा रहेको भन्दै आवश्यक सामग्रीका साथ व्यवस्थित तयारी गरिदिन प्रदेश सरकारसँग आग्रह गरेको छ ।

शनिबार मेचीनगर प्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेतीले पत्रकार सम्मेलनमा यस्तो कुरा बताएका हुन् ।

पत्रकार सम्मेलनमा नगरप्रमुख आचार्य, उपप्रमुख उप्रेतीले नेपाल–भारतको सीमा नाकाबाट काँकरभिट्टा आउने अलपत्र नेपालीहरुका कारण नगरबासी उच्च जोखिममा रहेकाले कोरोना जाँच्ने अत्यावश्यक स्वास्थ्य सामग्री, क्वारेन्टाइनसहित गाडीको व्यवस्था गरिदिन एक नम्बर प्रदेश सरकार र कोरोना रोकथाम तथा समन्वय समिति झापालाई आग्रह गरेका छन् ।

काँकरभिट्टा नाकाबाट ४ दिनमै एक हजार नेपालीहरु नेपाल भित्रिसकेका छन् ।

शुक्रबार भित्रिएका मध्ये ६ महिलासहित १५ जनाको आरडीटी टेष्टमा पाजेटिभ आएको छ । नगरमा व्यवस्थित क्वारेन्टाइन नभएकाले पीसीआर लगायतका परिक्षणका लागि मेची बहुमुखी क्याम्पस भद्रपुर र यसअघि पनि केहि नेपालीहरुलाई दमकको क्वारेन्टाइनमा पठाइएको नगरपालिकाले जनाएको छ ।

भारतबाट नेपालीहरु आउने क्रम जारी छ । शनिवार मात्रै पनि मेचीपुलमा १५० भन्दाबढी नेपालीहरु आएर बसेको नगरपालिकाले जनाएको छ ।

कोरोना विरुद्धको लडाईमा नगरबासी तथा सञ्चारकर्मीहरु एकजुट भएर अघि बढ्न नगरप्रमुख आचार्यले अनुरोध गरेका छन् ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, उपाध्यक्ष एकराज गिरी, पूर्व अध्यक्ष कृष्ण हुमागाई, पूर्व केन्द्रीय सदस्य मोहन काजी, मेचीनगरका प्रेस सल्लाहकार लक्ष्मी उप्रेती, मुक्ति पौडेल, सुरेन्द्र भण्डारी लगायतले धाराणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: