पूर्व अध्यक्षको स्मृतिमा शैक्षिक सामाग्री

  प्रकाशित मिति
१२ फाल्गुन २०७६, सोमबार १५:५०


भद्रपुर । विभिन्न सामाजिक गतिविधि गर्दै आइरहेको भद्रपुर जेसीजले जेसीजका पूर्व अध्यक्ष स्वर्गीय खगेन्द्र सुवेदीको १५ औं बार्षिक पुण्य तिथिको अवसरमा विभिन्न छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको छ ।

जेसीज सचिवालय भद्रपुरमा आइतवार आयोजित कार्यक्रमकाबीच भद्रपुर जेसीजले अभिभावकत्व प्रदान गरेका चन्द्रगढीका प्रज्ञा एकाडेमी, विभूति विद्या मन्दिर र मेरिगोल्ड इङ्लिस स्कुलमा अध्ययन गर्ने विद्यार्थी तृष्णा सुब्बा, महेश दुलाल तथा सन्जय बानियाँलाई व्यागसहित शैक्षिक सामग्री प्रदान गरिएको हो ।

यसैगरी, जेसीजले अभिभावकत्व प्रदान गरेका ७ जना विद्यार्थी मध्ये विदुर इङ्लिस स्कुल भद्रपुरका अजय बानियाँ, हिमालयन इङ्लिस स्कुल गार्मेन्ट चोकका दिलीप राजबंशी र एमरल्ड एकाडेमी भद्रपुरका सरस्वती सिंहलाईसमेत सो सामाग्री प्रदान गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेकी भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रमाया श्रेष्ठले समृद्ध देश निर्माणका लागि युवाहरुको शक्ति अपरिहार्य रहेको बताइन् ।

जेसीज वर्ष २०२० का अध्यक्ष डिल्लीराम पोखरेलको अध्यक्षता तथा महासचिव निकास पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वर्गीय सुवेदीका दाजु गुरु सुवेदीले मन्तव्य राखेका थिए ।

कार्यक्रमको स्वागत उपाध्यक्ष युवराज न्यौपानेले गरेका थिए । भद्रपुर जेसीजका पूर्व अध्यक्ष सुवेदीको २०६१ साल फागुन ११ गते क्यान्सर रोगबाट निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: