चौतारीको क्षेत्रीय अध्यक्षमा पुष्प

  प्रकाशित मिति
६ श्रावण २०७३, बिहीबार १६:३२


67विर्तामोड । प्रेस चौतारी नेपाल झापा शाखाको पूर्व क्षेत्रीय कमिटीको अध्यक्षमा पुष्पा बराल सर्वसम्मत चयन भएका छन् ।
कमिटीको विहीबार हिकोला हेरिटेज होटलको सभाहलमा आयोजित दोस्रो अधिवेशनले बरालको नेतृत्वमा १३ सदस्यीय समिति गठन गरेको हो ।

कमिटिको उपाध्यक्षमा पुष्पराज भट्टराई, सचिव नरेन्द्र ढकाल, सहसचिवमा राम निरौला, कोषाध्यक्षमा अच्युत सुवेदी, र सदस्यहरुमा सुनिरा मैनाली, चन्द्र बस्नेत, चन्दना बराल, अनिलवाग्ले, रविकिरण वान्तवा, अशोक अधिकारी, विक्रम तिवारी, किशोर उपरकोटी सर्वसम्मत चयन भएका छन् ।

पूर्व क्षेत्रीय कमिटीका अध्यक्ष याम विमलीको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा नेकपा एमाले जिल्ला कमिटी सचिव मदन अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यव्रmममा पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक गणेश पोखरेल, नेकपा एमाले प्रचार विभाग प्रमुख माधव विद्रोही, प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य अम्बिका भण्डारी, जिल्ला अध्यक्ष मुक्ति पौडेल, मोर्चा विभाग प्रमुख शिव ढुङ्गेल, अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष जसमाया गजमेर, नेकपा एमाले जिल्ला सदस्य हरिचरण बानियाँ बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव सुवास भट्टराई, सूर्योदय टेलिभिजनकी प्रबन्ध व्यवस्थापक विष्णु मैनालीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कमिटीको उपाध्यक्ष प्रदीप परियारले स्वागत मन्तव्य व्यक्त गरेको कार्यव्रmमको सञ्चालन पुष्पराज भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: