झापा, ८ पुस । प्रधानमन्त्री के.पी.शर्मा ओलीले कृष्णप्रसाद भट्टराईलाई राजनीतिक दलको नेता भन्दामाथि राखेर हेर्नु पर्ने बताएका छन् ।
बुधबार ललितपुरको बाँडे गाउँस्थित भट्टराई आश्रममा पूर्व प्रधानमन्त्री भट्टराईको पूर्णकदको सालिक अनावरण गदै ओलीले समाज परिवर्तनका लागि उहाँ कुनै दलमा आबद्ध भए पनि उहाँको योगदान देश र जनताका लागि भएकोले उहाँलाई राष्ट्रिय नेताका रुपमा सम्मान गर्नुपर्ने बताए ।
‘कृष्णप्रसाद भट्टराई समाज रुपान्तरणको नेता हो’ ओलीले भने –‘उहाँ परिवर्तनको साक्षी किनारामा मात्र हैन सधैं अग्रभागमा रहनुभयो ।’ नख्खु जेलमा हुँदा भट्टराईसँग भेट भएको सम्झंदै ओलीले परिणाम जे जस्तो आए पनि सधैं सत्य बोल्ने नेताको रुपमा आफूले भट्टराईलाई चिनेको ओलीले बताए ।
‘राजनीतिक परिवर्तन गरेर जनतालाई सार्वभौम बनाउन उहाँले चालेका कदम र बिचार सधैं असाधरण नै रहे’ ओलीले भने–‘नेपाली समाजलाई परिवर्तनका मुद्दामा सहमत गराउन उहाँको योगदान सदैव स्मरणीय रह्यो ।’ कृष्णप्रसाद भट्टराईका आफ्नै खाले मान्यता रहेको स्मरण गर्दै ओलीले भने –‘ढाट्न भन्दा सत्य बोलेर जेल जान तयार हुने नेता र सेन्स अफ ह्युमर भएको नेताको रुपमा हुनुहुन्थ्यो ।’ भट्टराईका केही स्वभावले आफूलाई पनि प्रभावित गरेको ओलीले बताए । ‘उहाँले जीवनलाई सधैं हाँसी खुसी रहने मान्छे हो । जस्तै दुःखमा पनि उहाँ दुखी भएर बस्नु भएन’ ओलीले भने–‘त्यो स्वभाव ममा पनि छ । म जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि दःुख मनाउ गरेर बस्दिन ।’
भ्ट्टराईको ९२ औं जन्म जयन्तीका अवसरमा कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले आयोजना गरेको कार्यव्रmममा सालिक निर्माणलाई प्रशंसा गर्दै आश्रमलाई सरकारको तर्फबाट सहयोग गरिने प्रतिबद्धता जनाए ।