पूर्व प्रहरी संगठनको कार्यक्रममा सम्मान

  प्रकाशित मिति
२३ आश्विन २०७८, शनिबार २०:०८


मेचीनगर, २३ असोज । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर समितिले विजया दशमीको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी सुनिलसिंह दाहालको प्रमुख आतिथ्यतामा शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि दाहाल, विशिष्ट अतिथि मेचीनगर–१० का वडाध्यक्ष एवम् नेपाली काँग्रेसका मेचीनगर सभापति सुदय पनेरु, संगठनका जिल्ला अध्यक्ष खेम कार्की, निवर्तमान अध्यक्ष प्रेम लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मेची उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रममा पूर्व प्रहरी परिवारका सदस्य एवम् युवा गायक जमीर अलीले गीत तथा बाल नृत्यकार शिवन्या उप्रेती र सोनाम श्रेष्ठले नृत्य प्रस्तुत गरेका थिए । त्यसक्रममा सहभागी पूर्व प्रहरी तथा परिवारका सदस्यहरुले सामूहिक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नगर संगठनको हरेक गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पूर्व प्रहरी कृष्ण तामाङकी श्रीमति बीना निरौला तामाङलाई सम्मान गरिएको थियो ।

संगठनका नगर अध्यक्ष अमिन अली शेखको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत नगर उपाध्यक्ष भूपेन्द्र गिरी र सञ्चालन नगर सचिव लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: