पूर्व प्रहरी सङ्गठन मेचीनगरमा अमिन

  प्रकाशित मिति
३० पुष २०७५, सोमबार १०:१९


धुलाबारी । नेपाल पूर्व प्रहरी सङ्गठन मेचीनगरको अध्यक्षमा अमिन अली शेख सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिबार धुलाबारीमा आयोजित सङ्गठनको प्रथम नगरस्तरीय भेलाले शेखको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

आगामी ३ वर्षे कार्यकालका निर्वाचित समितिको उपाध्यक्षद्वयमा याम आचार्य तथा दिपक थापा, सचिवमा लक्ष्मीप्रसाद उप्रेती र कोषाध्यक्षमा सन्तोष पौडेल छन् ।

त्यस्तै, सदस्यहरुमा जलकुमारी श्रेष्ठ, प्रेम इङ्नाम, गोपाल विश्व, भुवन श्रेष्ठ, दुर्गा केसी र प्रेम शिवाकोटी रहेका छन् ।

समितिका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि सङ्गठनका जिल्ला अध्यक्ष प्रेमबहादुर लामाले पद तथा गोपनियताको शपथ ग्रहण गराउँदै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

सो अवसरमा प्रमुख अतिथि लामा, सङ्गठनका आजीवन सदस्यहरु ध्रुव ओली, गोपाल पराजुली, भूपेन्द्र गिरीलगायतले पूर्व प्रहरीहरु सङ्गठित भई सामाजिक रुपान्तरणका लागि रचनात्मक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका वक्ताहरुले पूर्व प्रहरीहरुले राष्ट्रिय हित र सुरक्षाका लागि जिवनको उर्जाशिल उमेर सुम्पिएर पुर्याएको योगदान, त्याग र समर्पणको समेत स्मरण गरेका थिए ।

त्यसक्रममा उनीहरुले सङ्गठनको साझा भवनको आवश्यकतामा जोड दिँदै पूर्व प्रहरीहरु एकजुट भएर निकट भविष्यमा भवन निर्माण कार्य सुरु गर्ने लक्ष्य राखिएको समेत बताएका छन् ।

सो भेलामा पूर्व प्रहरी जवानदेखि प्रहरी नायव उपरीक्षकसम्म गरी नगरका करिब ७० जना प्रहरी कर्मचारीहरुको सहभागिता थियो ।

सङ्गठनका क्षेत्रीय अध्यक्ष जालबहादुर कार्कीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा स्वागत सदस्य शिव रेग्मी र सञ्चालन सचिव लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: