झापा, ७ कार्तिक । पूर्व राजा ज्ञानेन्द्र शाहले सरकारले जनतालाई अभिभावकको अनुभूति दिलाउन नसकेको आरोप लगाएका छन् ।
दसैंको उपलक्ष्यमा परम्परागत सन्देश जारी गर्दै पूर्वराजा शाहले संकटको घडीमा अभिभावकको क्षमता र हैसियत प्रष्ट हुने जनाउँदै भनेका छन्– ‘यस आधारमा हेर्दा नेपाली जनता अभिभावकविहीन बनेको पीडाबोध यतिबेला हुँदैछ ।’
उनले कोरोना कहरका कारण रमाएर चाडपर्व मनाउन सकिने अवस्था नरहेको समेत बताएका छन् ।
यसपाली कोरोनाका कारण दसैंमा सर्वसाधारणलाई विजया दशमीको टिका नलगाउने उनले यसअघि नै जानकारी दिइसकेका छन् ।