पूर्व राजा ज्ञानेन्द्र दमकमा

  प्रकाशित मिति
१२ जेष्ठ २०७३, बुधबार ०९:१८


raja_Gyanendra

झापा, १२ जेठ । दमकको हिमालयस्थित गुडरिक चियाबगानमा पूर्वराज ज्ञानेन्द्र शाह ६ दिनदेखि आराम गरिरहेका छन् ।
यही जेठ ७ गते बिराटनगर हुँँदै दमक आइपुगेका पूर्वराजा शाह चिया बगानको मध्य भागमा रहेको दरबारमा आराम गरिरहेको सम्बाद सचिब फणिराज पाठकले बताए ।

उनले पूर्व राजाले अहिलेसम्म कसैसँग राजनीतिक भेटघाट नगरेको बताएका छन् । केही दिनपछि शाहको परिवारका अन्य सदस्यहरु पनि काठमाडौंबाट दमक आउने सचिव पाठकले बताए ।

पूर्वराजा ज्ञानेन्द्र शाहका काका हिमालय वीरविक्रम शाहको नाममा २०१८ सालमा स्थापित सो चियाबगानको मध्यभागमा दरबार छ, जहाँ ज्ञानेन्द्र शाह अधिराजकुमार छँदैदेखि वर्षेनी आएर केही साता बस्ने गरेका छन् ।

आकर्षक कृतिम झरना, ठूलो बगैंचा, हेलिप्याड र अन्य सुविधा भएको दरबार परिसरमा सुरक्षाकर्मी र पूर्वराजाका सहयोगीका लागि पनि अलग्गै बासस्थान छन् ।

करिब तीन बिगाह क्षेत्रमा फैलिएको दरबार परिसर पूर्वपश्चिम राजमार्गबाट एककिलोमिटर दक्षिण पर्दछ । चियाबगान दमकको वडा नम्बर १५ र ९ को ५७५ बिगाहमा फैलिएको छ ।

पूर्वराजा शाहले दमक बसाईका क्रममा केही दिनमै आफ्ना स्थानीय शुभेच्छुकहरुसँग भेटघाट गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: