पूर्व विद्यार्थीद्वारा १३० परिवारलाई राहत

  प्रकाशित मिति
३० बैशाख २०७७, मंगलवार २२:५१


अर्जुनधारा । २०४८ सालका एसएलसी समूह शनिश्चरे माविका पूर्व विद्यार्थीहरुले अर्जुनधारा नगरका अति विपन्न १३० घर परिवारलाई राहत वितरण गरेको छ ।

समुहका सदस्य आनन्द खड्का (चेतन) हाल अमेरिकामा रहँदै आएका छन भने समूह मार्फत आफुले केहि गर्नुपर्छ भन्ने इच्छा रहेको हुँदा सोही अनुसार उनी हुर्केको अर्जुनधारा वडा नम्बर ५ कञ्चनबारीका अति विपन्न ४३ घर परिवार, वडा नम्बर ४ का ३५ घर, वडा नम्बर ७ का १५ घर र वडा नम्बर ११ का ३७ घर गरि अति विपन्न १३० घर परिवारलाई सरकारको एकद्वार प्रणाली अनुसार वडा नम्बर ५ का अध्यक्ष ध्यानबहादुर भारती,४ का अध्यक्ष दुर्गाप्रसाद दाहाल, ७ का अध्यक्ष नवराज ढुंगाना र ११ का टोल विकास समितिका संयोजक भिमबहादुर लम्जेल तथा दाता खड्काका दाजु तिलकजङ् खड्काले राहत वितरण गरको समुहका अध्यक्ष रञ्जित परियारले जानकारी दिए ।

त्यसैगरी विपन्न परिवारलाई समुहका संस्थापक इन्दिवर खड्का र उनकी दिदी बिजयाश्री पाण्डेले थप राहत तथा माक्स वितरण गरेका थिए ।

कार्यक्रममा समुहका उपाध्यक्ष सुनिल विक, सचिव जितेन्द्र श्रेष्ठ, कोषाध्यक्ष वसुरेश प्रसाई, बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव प्रशान्त भण्डारी, सामाजिक अभियन्ता जगतबहादुर मगर, गणेश ढुंगाना, दाताकी भाउजू वर्षा खड्का, भास्कर भट्टराईले सराहनीय कार्य प्रति समूह र दाता सदस्य आनन्द खड्कालाई धन्यवाद व्यक्त गरेका थिए ।

पूर्व विद्यार्थी एसएलसी २०४८ ले केही दिन अघि २१ हजार बराबरको ५ सय केजी चामल र एक लाख बराबरको १३० घर परिवारलाई जनप्रतिनिधिहरुको समन्वयमा वितरण गरिएकोमा पूर्व विद्यार्थीहरुलाई अर्जुनधाराका नगर प्रमुख हरिकुमार रानाले धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: