पूर्व सांसद अमृतलाल राजवंशी कांग्रेस छाडेर एमालेमा

  प्रकाशित मिति
११ आश्विन २०७८, सोमबार १४:०२


 

झापा, ११ असोज । नेपाली कांग्रेसका नेता अमृतलाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई स्वागत गरेका हुन् । राजवंशी ४ दशकदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा क्रियाशिल थिए । उनी पूर्व सांसद पनि हुन् ।

२०६४ र ०७० सालको चुनावमा समानुपातिक सांसद बनेका राजवंशीले संमृद्ध मुलुक निर्माण गर्न एमाले बाहेक कुनै पनि दलले नसक्ने भन्दै एमालेमा प्रवेश गरेका हुन् ।

कांग्रेस असल राजनीतिको बाटो छोडेर गलत ट्रयाकमा हिडिरहेको राजवंशीले आरोप लगाए ।

बिर्तामोड–४ निवासी राजवंशी एमाले अध्यक्ष ओलीकै निवास काठमाडौं पुगेर पार्टी प्रवेश गरेको घोषणा गरेका छन् ।

राजवंशी कांग्रेसको १४ औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिको उम्मेद्वार बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: