पेट्रोलियम डिलर्समा कोइराला

  प्रकाशित मिति
३ माघ २०७६, शुक्रबार १५:५३


झापा । मेची पेट्रोलियम डिलर्स एशोसिएसन झापाको अध्यक्षमा नविन कोइराला सर्वसम्मत चयन भएकाछन् ।

बिहीबार एशोसिएसनको कार्यालय बिर्तामोडमा आयोजित १२औँ अधिवेशनले कोइरालालाई अध्यक्षमा चयन गरेको हो ।

अधिवेशनले समितिको बरिष्ठ उपाध्यक्षमा टिकाराम पिठाकोटे मगर, उपाध्यक्षमा भुपालराज कटुवाल, महासचिवमा विनोद वस्नेत, सचिव विनोद चापागाई, कोषाध्यक्षमा अमित सरिया र सहकोषाध्यक्षमा मदन राई सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा कुमारमणि पोखरेल, उत्तम श्रेष्ठ, बालकुमार भण्डारी र हरि घिमिरे छन ।

अधिवेशनको उद्घाटन प्रमुख अतिथि सासंद् श्रीप्रसाद मैनालीले गरेका थिए । कार्यक्रममा मेची पेट्रोलियम डिलर्स एशोसिएसनका केन्द्रिय सचिव लयप्रसाद भण्डारी, झापाका पुर्व अध्यक्ष प्रेम दाहाल, ट्याङ्कर मजदुर सङ्घका झापा अध्यक्ष तोपप्रसाद दुलाल लगायतले बोलेका थिए ।

कार्यबाहक अध्यक्ष कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत सदस्य कुमारमणि पोखरेल र सञ्चालन विनोद वस्नेतले गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष कोइरालाले पहिलो बैठकबाट तीन जना सदस्य थप गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: