काँकरभिट्टा । काँकरभिट्टामा बिहिबार बिहान ८ बजे मोटर साइकलमा आगलागी भएको छ । पूर्वाञ्चल पेट्रोलियम सेन्टरमा मोटरसाइकलमा तेल भरेर ट्याङ्की बन्ध गर्ने व्रmममा दमक ६ निवासी सञ्जय लुइँटेलको मे ६ प ८६९५ नम्बरको मोटरसाइकलमा आगलागी भएको हो ।
उक्त मोटरसाइकलको व्यट्ट्री सट भएर आगलागी भएको इप्रका काँकरभिट्टाका प्रमुख श्यामकृष्ण अधिकारीले बताए ।
आगलागीका कारण बाइक पूर्ण रुपमा जलेर नष्ट भएको छ । पम्पमा तेल दिन थालेपछि बिहानैदेखि लाइनमा बसेका थिए । उनीहरूले आगो लाग्न थालेपछि आआफ्नो मोटरसाइकल भगाएका थिए ।
मोटरसाइकलमा आगलागी हुने वित्तकै पम्पका सञ्चालक अनिल ओली र ट्राफिक प्रहरीहरुले तानेर पेट्रोल पम्पबाट खुल्ला ठाउँमा घिसारेर लगेका थिए ।
मोटरसाइकल पूर्ण रूपमा जलिसकेका पछि मेचीनगर पालिकाको दमकल आएर रहेको आगो निभाउने काम गरेको थियो ।