पोखरेलले सम्हाले रोटरियन नेतृत्व

  प्रकाशित मिति
५ श्रावण २०७३, बुधबार १५:१५


ganeshविर्तामोड । रोटरी क्लव अफ विर्तामोड मिडटाउनको अध्यक्ष चयन भएका गणेश पोखरेलले आगामी एक वर्षे कार्यकालका लागि पदभार ग्रहण गरेका छन् ।

मानवीय सेवामा समर्पित रोटरीको सन् २०१६÷०१७ का लागि यस शाखाको अध्यक्षमा पोखरेल चयन भएका हुन् । उनी नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक समेत हुन् ।

विर्तामोडको आदर्श व्याङ्केटमा सोमवार साँझ आयोजित आकर्षक कार्यक्रममा पोखरेललाई क्लवका डीजीएन चिन्तामणि भट्टराईले क्लवको प्रेसिडेन्ट कलर पहिर्याइदिएका छन् ।

विर्तामोड, काँकरभिट्टा, भद्रपुर, विराटनगर, उर्लावारी लगायतका विभिन्न स्थानबाट आएका रोटरियन अगुवा तथा प्रतिष्ठित समाजसेवीहरूको उपस्थितिमा भएको कार्यक्रममा अध्यक्ष पोखरेलले सपथग्रहण गर्नुको साथै आफ्नो कार्यसमितिका पदाधिकारीलाई समेत सपथग्रहण गराएका थिए ।

सोही अवसरमा सन् २०१६÷०१७ का लागि रोट्रयाक क्लव अफ विर्तामोड मिडटाउनका अध्यक्ष राजु चौधरीले समेत सपथग्रहणसहित पदभार सम्हालेका छन् ।

रोटरीका निवर्तमान अध्यक्ष विजय डालमिया र रोट्रयाकका निवर्तमान अध्यक्ष सरोज जोशीले आफ्नो कार्यकालमा भएका गतिविधि समेटिएको भिजुअल डकुमेन्ट प्रस्तुत गरेका थिए ।

रोटरीका डीजीएन चिन्तामणि भट्टराइको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अर्का डीजीएन राजु महर्जन लगायतले मन्तव्य व्यक्त गरेका थिए भने रोटरियन शुभ कुमाइले स्वागत भाषण गरेकी थिइन् ।

रोटरीको यस शाखाका चार्टर प्रेसिडेन्ट सन्तोष अग्रवाल, मेची आँखा अस्पतालका अध्यक्ष छत्र अधिकारी, पत्रकार महासङ्घ झापाका अध्यक्ष भीम नेम्वाङ, विर्तामोड इप्रकाका डीएसपी खड्गबहादु खत्री, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ढुण्डीराज गिरी, अलैची व्यवसायी महासङ्घका अध्यक्ष निर्मल भट्टराई, झापा उद्योग वाणिज्य सङ्घ विर्तामोडका अध्यक्ष बलराम कार्की लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: