पौरखले बनेका करोडपति

  प्रकाशित मिति
३ असार २०७३, शुक्रबार २३:१०


?
?

गरीबका छोेरा पनि करोडपति हुन सक्दछन् भन्ने कुरा रामचन्द्र उप्रेती ज्वलन्त उदाहरण हुन् । काँकरभिट्टा निवासी निम्न परिवारका सन्तान हुन् उनी । साँच्चै भन्नु पर्दा दुई छाक खाएर जीवन निर्वाह गर्न उनको परिवारलाई धौँ–धौँ थियो । साठी विगाहको पुछारको ओइलानी जग्गामा बसोवास थियो । म पनि नम्वरीजग्गा किनेर साठी विगाहको सीमाको छेउमा विक्रम सम्वत २०३० सालमा चितवनबाट आएर बसोवास गरेको थिएँ ।

त्यसताक पञ्चेहरूले बजार व्यवस्थानको लागि साठी विगाहमा भिटौरी वितरण गर्दा रामचन्द्र उप्रेतीले पनि व्यवसाय गर्नको लागि एउटा भिट्टा प्र्राप्त गरेका थिए । त्येसैमा उनीले जीवन निर्वाह गर्नको लागि किराना पसल खोले ।

कम्यूनिष्टलाई सहयोग ग¥यो भनेर सरकारले उनलाई जेल चलान गरेको थियो । जेलभित्रै बसेर उनले एसएलसी पास गरे । यसले पनि उनको ईच्छाशक्ति र विद्वता प्रमाणित गर्छ । उनी कम्यूनिष्ट विचारका प्रखर व्यक्तित्व भएको मानिस थिए । शायद उनी सहकारी र अन्य आर्थिक धारमा नलागेको भए एक नम्वर क्षेत्रमा रविन कोइरालाको स्थान थिएन ।

जनमत सङ्ग्रहमा बहुदल पक्षलाई अल्पमतले हराए तापनि २०४६ सालको जनआन्दोलन सफल भएपछि उनको विचार परिवर्तन भएको.देखिन्छ । संस्कृतको हितोपदेशमा भनिएको छ–‘श्रद्धाःयत्नः परिश्रमम् मेघाकिम् प्रयोजनम्््’ । रामचन्द्र उप्रेतीलाई त्यस्तै भयो र उनीको ईच्छाशक्तिले गर्दा २०५० सालमा केहि व्यक्तिलाई लिएर राष्ट्र वैङ्कको स्वीकृत प्राप्त गरेर बहुउद्देश्यीय सहकारी संस्था काँकरभिट्टामा खोले ।

विश्वमा उद्यमीहरू कसरी करोडपति हुन्छन् भन्ने बारेमा धेरैले उनीहरूको ईच्छाशक्ति र कडा परिश्रमको सफल परिणाम हो भनेर ठान्दछन् । आर्थिक कमजोर भएका किशोर र बुढ्यौली अबस्थामा पनि करोडपति हुने विश्वमा धेरै उदाहरण छन् । धेरै जसो किशोरहरू आफ्नो जवानी उत्ताउलोपनमा विताउँछन् । कोहि किशोरहरू नोकरी खोज्नमै व्यस्त रहन्छन् । कोहि चाहि आमा–बाबाको सम्पति उडाएर महँगा मोवाइल बोकेर नचाइदो गफ गरेर, सिनेमा हेरेर, कुलतमा लागेर, जुवा–तास खेलेर बेकारमा जीवन बिताउँछन् ।

परिवारको आर्थिक अबस्था राम्रो भएका हाम्रा युवाहरू धेरै जसोले यस्तौ गर्दछन् । परिवारको आर्थिक कमजोर भएका कतिपय किशोरहरू होटलमा, गाडीमा कमिशन खाएर जीवन निर्वाह गरेको पाइन्छ । कोहि चाहि ( धेरै जसो) मुलुकमा रोजगारीको अभावमा आफ्ना युवा र पौरखी हातका नङहरू विदेशमा गएर खियाइराखेका छन् । तर कसैले मात्र आफ्नै सीपमा स्वदेश नौलो खालको उद्योग गर्दछ । यस्ता व्यक्ति दृढ विश्वासका साथ नयाँ सोच लिएर अघि बढ्दा कम समयमै सफलता प्रप्त गरेर करोडपति बन्न पुगेका धेरै उदाहरण छन् ।

अर्ति, उपदेश दिने मान्छे धेरै पाइन्छ । तर काम गरेर देखाउन भने सबैले सक्दैनन् । रामचन्द्र एकजना त्यस्तो उदाहरण हुन्, उनी अरुलाई जे सिकाउँछन् आफु पनि त्यस्तै गर्छन् । उनको कथनी र करनीमा भिन्नता र भ्रम छैन ।

अन्तर्राष्ट्रिय समाचार माध्यमहरूका अनुसार २० बर्ष नटेकेका करोडपति भएका किशोरहरूको सङ्ख्या ४० जना जति छन् । तीमध्ये अमेरिका राज्यको मिचिगन डेट्रोइटमा जन्मेको १४ बर्र्षीया अस्ले कवाल्सले आमासँग आठ अमेरिकी डलर मागेर ‘हवाट इमरलाईफ डटकम’ वेबसाइटका संस्थापक बनेर आठ मिलियन अमेरिकी डलर कमाउन सफल भइन् ।

त्यस्तै अर्की किशोरी अमेरिकाको न्यूयोर्क शहरमा जन्मेकी थिइन् । १० बर्षको उमेरमा उनले सुरु गरेको ‘स्केच’ सिर्जनालाई सामाजिक मिडिया मञ्चको पुरकका रुपमा विकास गरेर १६ बर्षको उमेरमै ‘मिस ओ एन्ड फ्रेन्ड्स कम्पनी खोलेर विज्ञापनद्वारा १५ मिलियन अमेरिकी डलर सम्पत्ति आर्जन गरेर करोडपति भइन् ।

किशोर मै करोडपति बन्नेमा सिन बेलिनकले १६ बर्ष उमरैमा थोरै पुँजीमा ‘ई टेल सप’बाट २४ मिलियन अमेरिकन डलर भन्दा बढि सम्पति कमाउन सफल भए । उनले एउटा सानो ‘विजनेस कार्डस’ खोलेर आफ्नो व्यापार सुरु गरेका थिए । पछि गएर उनिले ‘बिजचयेट डट कम’ वेबसाइट खोलेर अमेरिकी राज्य जर्जियाको क्यानटोनमा प्रधान कार्यलय खोलेर फर्निचर उद्योग २० बर्ष नपुग्दै करोडपति बन्न पुगे ।
आदाम हिरोबिचले मोवाइल मार्केटिङका लागि ‘टयुटोरियल भिडियो सञ्चालन गर्न ‘मोवाईल मनपोली ’ को विकास गरी १५ बर्षको उमेर मानै उनी करोडपति हुन सफल भए । यसैगरी अमेरिकाको भर्जिनियामा जन्मेका क्यामेरोन जोनसनले ११ बर्षको उमेर मा नै सिर्जना गरेको ‘ग्रिडिङ कार्ड’ बाट हजारौँ डलर कमाउन सफल भएर ‘सर्फिङप्राइज डट कम’ वेबसाइट खोली एउटा ‘टुलबार’ सेवाको रुपमा प्रयोग गरेर हाईस्कुलमा दिदै गर्दा उनको सम्पत्ति एक मिलियन अमेरिकी डलर आर्जन भइसकेको थियो ।

यसैगरी छोटो अबधिमा नै आठराई निउरेलीमा जन्म भई २०२६ सालमा काँकरभिट्टामा आएर बसोवास गरी करोडपति बन्न सफल भएका रामचन्द्र उप्रतिको नाम हामीले लिनै पर्दछ । मैले माथि नै उलेख गरेको छु । २०५० सालमा राष्ट्र बैङ्कको स्वीकृति लिएर थोरै सङ्ख्याको शेयरमा थोरै पूँजीमा नेपाल बहुउद्देशीय वित्तीय कारोवारका लागि सहकारी संस्था खोली हजाराँै शेयर धनी बनाई झापा जिल्लाभरि शाखा खोली सञ्जाल बनाएर उनले सवैलाई चकित पारिदिए ।

उनले सयपत्री फर्निचरको उद्योग र कोसी ग्याँसको डिलर लिएर उपभोक्तालाई दिने पहिलो व्यक्ति पनि उनै हुन् । उनी लेखक पनि हुन् । र, केहि गर्न र जान्नको लागि अध्ययन गर्न पर्दोरहेछ भने आपूर्ति भएर पाको उमेरमा पनि कलेज गएर अध्ययन गरे । यो उनको दोस्रो उदाहरणीय कुरा हो । यसबाट ज्ञान हासिल गर्न उमेरले छेक्न सक्दो रहेनछ भने प्रमाणित गरिदिए ।

करोडौ सम्पत्ति पर्ने त प्रधान कार्यालय मेनपा १० मा आफ्नै स्थापना गरी व्यवस्थित तरिकाले सबै शाखाहरूमा हजारौ कर्मचारीलाई रोजगार दिएर सञ्चालन गर्नु उनको सोच र सिर्जनाको सफलताको प्रमाण हो ।

वर्तमान इटाभट्टाको आफ्नै भवनमा दुग्ध व्यबसाय (डेरी) स्थापना गरी ठाउँ–ठाउँमा डिलर राखी शुद्ध दुध प्रशोधन गरी विभिन्न प्रकारका परिकारहरू राखी उपभोक्ताहरूलाई शुलभ मूल्यमा वितरण गर्नु उनको ईच्छा शक्तिको तेस्रो उदाहरण हो ।

असम्भवलाई सम्भव गरिदिएकोले रामचन्द्र उपे्रतीलाई नचिन्ने व्यक्ति शायद कोहि पनि छैनन् होला । यसैगरी काँकरभिट्टा निवासी विमल आचार्यको नाम पनि लिनै पर्दछ । उनी पनि अत्यन्त गरीबका छोरा हुन् । विना पुँजी भन्सारमा एजेन्टको रुपमा आयात–निर्यातको काम गरेर थोरै अवधि भित्रै करोडपति बन्न सफल भए ।

यो उनको लगनशीलता र दृढ विश्वासको उदाहरण हो । सामाजिक सङ्घ–संस्थाहरूलाई सहयोग गरेर प्रभावकारी प्रभुत्व जमाउन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: