प्याब्सनको मेयर-उमेयरलार्इ सम्मान

  प्रकाशित मिति
३ श्रावण २०७४, मंगलवार १३:४३


3 2 1

धुलाबारी । प्याब्सन झापा क्षेत्र नम्बर ३ को आयोजनामा बुधबार मेचीनगरका नवनिर्वाचित मेयर तथा उपमेयरलाई सम्मान गरिएको छ ।

रोयल निर्माणको सभाहलमा आयोजित कार्यक्रममा पुष्पगुच्छा, अवीर खादाले उनीहरुलाई प्याब्सनमा आवद्ध शिक्षकहरुले सम्मान गरेका थिए ।

कार्यक्रममा नवनिर्वाचित मेयर विमल आचार्यले शैक्षिक क्षेत्रको विकाससँगै गुणस्तरीय शिक्षाका लागि पहल गर्ने बताए । उनले नगरको सबै क्षेत्रमा शिक्षाको सहज पहुँच पुर्याउनका निम्ति तत्काल सम्बन्धित क्षेत्रसँग अन्तरक्रिया गरी योजना बनाउने समेत बताए ।

त्यसैगरी उपमेयर मिना उप्रेतीले सामुदायिक विद्यालयसँगै निजी क्षेत्रका विद्यालको शिक्षालाई समेत मध्यनजर गरेर नीति नियम बनाउने तयारी भइरहेको बताइन् । उनले मेचीनगरको शैक्षिक क्षेत्रलाई हराभरा बनाउन सक्दो पहल गर्ने बताइन् ।

व्याब्सन क्षेत्र नं. ३ का संयोजक डम्बर रुचालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्याब्सनकै जिल्ला सहसचिव अजय आलमलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्याब्सन  जिल्लाका सल्लाहकार सदस्य हरिकुमार अधिकारी, लेखा समिति संयोजक हिम्मत क्षेत्री, जिल्ला सदस्य भाष्कर निरौलालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: