प्याब्सन अध्यक्षमा प्याकुरेल

  प्रकाशित मिति
५ मंसिर २०७३, आईतवार १२:३२


koshraj-2

विर्तामोड । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) झापाको ११ औँ जिल्ला अधिवेशनबाट आगामी २ वर्षका लागि अध्यक्ष पदमा कोषराज प्याकुरेल निर्वाचित भएका छन् ।

अध्यक्ष पदका अर्का प्रत्यासी मिलनकुमार ढुङ्गानालाई पराजित गर्दै प्याकुरेल विजयी भएका हुन् । ढुङ्गाना यस अघिका अध्यक्ष थिए ।

विजयी भएका प्याकुरेलले १ सय ३७ मत प्राप्त गरेका छन् भने ढुङ्गानाले १ सय ३१ मत ल्याएका छन् ।
यसैगरी, वरिष्ठ उपाध्यक्ष पदमा श्रवण पोखरेलले १ सय १४१ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनीसँग पराजित उम्मेदवार चन्द्रप्रसाद खनालले १ सय १९ मत ल्याएका थिए ।

तीन जना उपाध्यक्ष पदमा एलपी उप्रेती, चन्द्रप्रकाश राई र भक्त कार्की निर्वाचित भएका छन् । उनीहरूले क्रमशः १५९, १ ५५ र १२८ मत प्राप्त गरेका थिए । पराजित भएका उपाध्यक्षका अन्य तीन उम्मेदवारहरू सन्जीप प्रधान, कमलेश्वर राजवंशी र हरि अधिकारी रहेका छन् ।

सचिव पदमा गौरीमान फागो १४२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धी ज्ञानु थलङले १२५ मत ल्याएका थिए ।

३ जना सहसचिव पदमा टीआर गौतम, जनार्दन ढकाल र अजय आले विजयी भएका छन् । उनीहरूले क्रमशः १४४, १४३ र १४० मत प्राप्त गरेका छन् । पराजित भएका अन्य ३ जना उम्मेदवारहरू विष्णु तिवारी, कृष्ण बाँस्कोटा र हरि पाठक रहेका छन् ।
कोषाध्यक्ष पदमा १४८ मत प्राप्त गरी छत्र कार्की विजयी भएका छन् । उनका प्रतिष्पर्धी नरेश पराजुलीले ११८ मत ल्याएका थिए ।

सहकोषाध्यक्ष पदमा विजयी रामहरि घिमिरेले १४५ मत प्राप्त गरेका छन् । प्रतिष्पर्धी टङ्क बास्तोलाले ११७ मत ल्याएका छन् ।

अधिवेशनको बन्दसत्रले अनुशासन आयोगको संयोजकमा हरिकुमार प्रसाई र सदस्यमा रामप्रसाद सिटौला र महेन्द्र सङ्ग्रौलालाई सर्वसम्मत चयन गरेको छ ।

त्यसैगरी लेखा समिति संयोजकमा हिम्मत क्षेत्री र सदस्यमा इशुभ पाण्डे र विष्णु सापकोटा सर्वसम्मत चयन भएका छन् ।
निर्वाचन समितिका संयोजक गुरुभक्त न्यौपानेका अनुसार निर्वाचनमा कूल मतदाता २ सय ७६ रहेकोमा २ सय ६८ मत मात्र खसेको थियो । ११ पदका लागि चुनावी मैदानमा २२ जना उम्मेदवार उत्रिएका थिए ।

शुक्रवार विर्तामोडस्थित आफ्नै भवनमा प्याब्सनको अधिवेशन सुरु भएको हो । अधिवेसनको उद्घाटन प्याब्सनका केन्द्रिय अध्यक्ष लक्ष्यबहादुर केसीले गरेका थिए ।

नेतृत्व चयनका लागि शनिवार दिउँसो डेढ बजेदेखि मतदान सुरु भएको थियो । मतगणना भने साँझ ५ बजे सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: