प्यारीभिट्टा बसपार्क सञ्चालनमा

  प्रकाशित मिति
१५ भाद्र २०७४, बिहीबार १६:४४


573247368bus-park

काँकडभिट्टा  । मेचीनगर–७ प्यारीभिट्टामा निर्माण गरिएको बसपार्क सञ्चालनमा आएको छ ।
पूर्वी नाका काँकडभिट्टाबाट छुट्ने सबै बसलाई पार्किङ सुविधा प्रदान गर्नका लागि मेचीनगर नगरपालिकाले नगर विकास कोषबाट ऋण लिएर ६ वर्षअघि सो बसपार्कको निर्माण शुरु गरेको थियो ।

दाताबाट प्राप्त पाँच बिघा चार कठ्ठा जग्गामा निर्माण गरिएको सो बसपार्क रु ११ करोड १४ लाख ७२ हजारको लागतमा निर्माण गरिएको हो । नगरविकास कोषको रु सात करोड ७७ लाख ऋण रहेको मेचीनगर नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले बताए ।

मेचीनगरका संस्थापक नगर प्रमुख तथा सांसद रवीन कोइरालाले आज सो बसपार्कको उद्घाटन गर्नुभएको हो । सो अवसरमा जग्गादाता शिवकुमार थापा, ईश्वर थापा, पदमकुमारी थापा, शक्ति थापा, विमला थापा, मेनुका थापा, टंकमाया थापा, खगेन्द्र उप्रेती, ध्रुवकुमार शिवाकोटी, तेजप्रसाद शिवाकोटी, गोमाकुमारी कट्टेल र नरेन्द्र शिवाकोटीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: