प्याव्सनको वार्षिकोत्सवमा दर्जनौ सम्मानित

  प्रकाशित मिति
२६ पुष २०७२, आईतवार ०६:४२


हल्दिबारी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) झापाले २५औँ वार्षिकोत्सव मनाएको छ ।
हल्दिबारीमा सम्पन्न वार्षिकोत्सवमा प्याव्सन झापालाई योगदान गर्ने विभिन्न क्षेत्रका व्यक्ति तथा विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरूमा शिक्षा कार्यालय झापाका विद्यालय निरीक्षक दिनेश आचार्य, पत्रकार दिपेन्द्र पौडेल, विभूति विद्या मन्दिरका प्रिन्सिपल गोविन्द लम्साल, माउण्ट एभरेष्ट उमावि गौरादहका प्रिन्सिपल नारायण घिमिरे र प्रतिभा इङलिस स्कुलका प्रिन्सिपल धनबहादुर कटुवाल रहेका छन् । उनीहरूलाई सम्मान पत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।

यसैगरी, २०७१ सालको एसएलसी परीक्षामा उत्कृष्ट हुने संस्थागत विद्यालयका छात्र सलिम पाठक, छात्रा अनुजा सुवेदी तथा सामुदायिकबाट छात्र सुमन पाठक र छात्रा शिखा साहलाई जनही ५ हजार पुरस्कारसहित सम्मान गरिएको थियो । सोही अवसरमा विभिन्न उत्कृष्ट विद््यालयहरू तथा विद्यार्थीलाई सम्मान गरिएको थियो ।

प्याब्सन झापाका अध्यक्ष मिलनकुमार ढुङ्गानाको सभापतित्व तथा केन्द्रीय बरिष्ठ उपाध्यक्ष विजय सम्बाहाम्फेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यव्रmममा जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेल, सहायक जिशिअ उद्धव विष्ट, प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोविन्द लम्साल, केन्द्रीय सदस्य नारायण घिमिरेलगायतले बोलेका थिए ।

उपाध्यक्ष एलपी उप्रेतीले स्वागत गरेको कार्यव्रmमको सञ्चालन सचिव कोषराज प्याकुरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: