प्रकाश भए एमालेको वडाध्यक्ष

  प्रकाशित मिति
२९ श्रावण २०७४, आईतवार १३:०१


?????????????
प्रकाश खड्का र कृष्ण खरेल

धुलावारी । नेकपा एमाले मेचीनगर वडा नं. १० को प्रथम अधिवेशन सम्पन्न भएको छ ।

शनिवार धुलावारीस्थित मेची उद्योग वाणिज्य सङ्घको सभाहलमा पार्टीका प्रदेश सदस्य ज्ञाननाथ घिमिरेको प्रमुख आतिथ्यमा भएको अधिवेशनले जुझारु युवा नेता प्रकाश खड्कालाई नेतृत्वदायी भूमिकामा चुनेको छ ।

सामाजिक क्षेत्रमा समेत अग्रणी रुपमा क्रियाशील खड्काको अध्यक्षतामा सर्वसम्मत वडा कमिटी निर्वाचित भएको छ । अध्यक्ष खड्का यस अघि कमिटीको उपाध्यक्ष थिए ।

वडा कमिटीको उपाध्यक्षमा रमा दवाडी, सचिवमा कृष्ण खरेल र उपसचिवमा कृष्ण श्रेष्ठ चयन भएका छन् ।

कमिटीको उपाध्यक्षमा चयन भएकी दवाडी धुलावारी महिला बचत समूहकी संस्थापक अध्यक्ष समेत हुन् ।

कमिटीको सदस्यहरुमा रेजिना कार्की, सुभद्रा नेपाल, भुवन गिरी, रीता दाहाल, तपन बराइली, निर्मल दाहाल, लीला खरेल, नरप्रसाद पौडेल, कासिम शेख, शालिकराम दाहाल, अनिल चौधरी, विक्रम कनाल, मात्रिका दाहाल, कृष्ण पनेरु, रत्न कार्की, रोमन श्रेष्ठ, प्रबन्ध थापा, रोशनी थापा, बसन्ती लावती, उमा खतिवडा, कृतिका पराजुली र पवित्रा पौडेल रहेका छन् ।

कार्यक्रमको अतिथिहरुमा जिल्ला सचिवालय सदस्य गोपाल बुढाथोकी, डिल्लीराम घिमिरे, देबकुमार राई, अर्जुन पौडेल, दिपक भण्डारी, वीपी भट्टराई, कृष्ण कनाल, चिरञ्जीवी दाहाल लगायत थिए ।

नवनिर्वाचित अध्यक्ष प्रकाश खड्काले वडा कमिटीलाई सशक्त रुपमा चलायमान गरिने र पार्टीलाई वडाको अग्रणी दलको रुपमा स्थापित गर्न अभियान चलाइने प्रतिबद्धता जनाएका छन् ।
……………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: