धुलावारी । प्रगतिशील युवा क्लव मेचीनगर–१० ले विहीवार महिनावारी प्याड सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ ।
पुनः प्रयोग योग्य प्याड निर्माण तथा महिनावारी सम्बन्धी जनचेतनामूलक सो कार्यक्रमको प्रमुख अतिथि मेचीनगरका नगरप्रमुख विमल आचार्य थिए भने विशेष अतिथि समाजसेवी हरिचरण बानियाँ रहेका थिए ।
कार्यक्रममा अतिथिको रुपमा उपस्थित सामुदायिक अध्ययन केन्द्र लालपानीका अध्यक्ष हृदय राजबंशी, युथ एडभोकेसी नेपालका सदस्य विनय कार्की, रिद्धिसिद्धी महिला समूहकी अध्यक्ष रुपा खतिवडा, मेदनी खनाल र अनिल पौडेलले मन्तब्य ब्यक्त गर्दै युवाहरुले अति महत्वको विषयमा कार्यक्रम राखेको बताएका थिए ।
क्लवका अध्यक्ष राम बुढाथोकीको अध्यक्षता र सचिव विशाल कार्कीको सञ्चालनमा भएको सो कार्यक्रममा संस्थाका उपाध्यक्ष शङ्कर गजुरेलले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।