प्रचण्डको प्रस्तावलाई ओलीले भने ‘नो’

  प्रकाशित मिति
१८ श्रावण २०७७, आईतवार २०:३०


मेचीनगर । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतवार भएको छलफल पनि निष्कर्ष विहीन भएको छ ।
दुबै अध्यक्षले पुरानै अडान कायम राखेकाले छलफल कुनै सहमतिमा पुग्न नसकेको हो ।

बालुवाटार स्रोतका अनुसार प्रचण्डले पुरानै अडान अनुसार विवाद समाधानका लागि स्थायी कमिटी बैठक बोलाउन र त्यहाँबाट निकास ननिस्किए केन्द्रिय कमिटी बैठक बोलाउन प्रस्ताव गरेका थिए ।
सचिवालय वैठकमा एजेण्डा तय गरेर अघि बढनुपर्ने बारेमा छलफल भएपनि कस्ता एजेण्डामा छलफल गर्ने भन्नेबारे भने सहमति हुन सकेन । ‘स्थायी कमिटी,सचिवालय र केन्द्रिय कमिटीका बारेमा पनि छलफल भयो अडान पुरानै छ । फेरबदल केही भएको छैन् । सहमति हुने सम्भावना कम भएको छ,‘स्रोतले भन्यो ।

ओली प्रचण्डको ५ दिनपछिको संवादहिनता तोडिएपनि आइतवारको छलफलले कुनै निकास भने ननिकालेको छलफलमा सहभागि नेताले बताए ।

अर्ली महाधिवेशनका बारेमा छलफल भएपनि त्यसले महत्व पाएन । प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामा मागेर चर्किएको नेकपाको विवाद साउन १३ गतेको प्रचण्ड र बरिष्ठ नेता माधव नेपालको एकतर्फि स्थायी कमिटी बैठकपछि झनै चर्कीएको छ ।

विवाद बढदै गएपछि ओली प्रचण्ड बीच संवादहीनता सुरु भएको थियो । साउन १० गते सुरु भएको स्थायी कमिटी बैठक विवाद मिलाउन नसकेपछि अनिर्णित बन्दै आएको छ ।
आइतवार फेरि प्रचण्ड र ओलीले बालुवाटारमा झलनाथ खनाल र बिष्णु पौडेल छलफल गरेका थिए । यसअघि ओली प्रचण्डबीच भएका एक्ला एक्लै वार्ताले पनि विवाद समाधन गर्न सकेको थिएन ।

‘छलफलको फेरी सुरुवात’

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले आजको छलफल सकारात्मक तथा नकारात्मक केही पनि नभएको बताए । उनले आजको बैठकले फेरि नयाँ छलफलको सुरुवात भएको बताए ।
तर कुन नयाँ बिषयमा छलफल भयो भन्नेबारे भने उनले खुलाएनन् । उनले ५ दिन सम्मको संवादहिनता तोड्न छलफल सफल भएको जानकारी दिए ।

‘आज कुनै सहमति भएन, त्यति हो यो छलफलको फेरि सुरुवात हो । बीचमा छलफल नै रोकिएको थियो,‘उनले भने ।

(पहिलो पोष्टबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: