प्रचण्ड–नेपाल पक्षका सात मन्त्रीले दिए राजीनामा

  प्रकाशित मिति
५ पुष २०७७, आईतवार १६:५८


झापा, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका ७ जना मन्त्रीले सामूहिक राजीनामाको घोषणा गरेका छन् ।

आफु पक्षका नेताको निर्देशनपछि उनीहरुले पत्रकार सम्मेलन गरी राजिनामा दिएका हुन् ।

राजीनामाको घोषणा गर्ने मन्त्रीहरुमा योगेश भट्टराई, गिरिराजमणि पोखरेल, घनश्याम भुसाल, शक्ति बस्नेत, वर्षमान पुन, बिना मगर र रामेश्वर राय यादब छन् ।

केही मन्त्रीको विरोधका बाबजुद ओलीले आइतबार बिहान प्रतिनिधिसभा विघटनका लागि राष्ट्रदेवी विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका थिए । दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले सिफारिस अनुमोदन गरेकी थिइन् ।

(देशसञ्चार)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: