प्रचण्ड–नेपाल पक्षको यस्ता छन् संघर्षका कार्यक्रम

  प्रकाशित मिति
९ पुष २०७७, बिहीबार २१:००


झापा, ९ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक संघर्षका कार्यक्रम तय गर्दै सकिएको छ।

बैठकले संघर्षका कार्यक्रम सञ्चालन गर्नका लागि नारायणकाजी श्रेष्ठको संयोजकत्वमा कमिटी समेत बनाएको छ ।

यसैबीच बैठकले महासचिवको चयनको जिम्मा स्थायी कमिटीलाई दिएको छ । त्यस्तै केन्द्रीय कमिटी, स्थायी कमिटी र जिल्ला कमिटीमा रिक्त सदस्यको मनोनयनको जिम्मा पनि स्थायी कमिटीलाई दिएको छ ।

‘कथित संसद विघटन असफल पार्छौ, प्रतिगामी षडयन्त्र मुर्दाबाद !’ नारा लगाउँदै सकिएको बैठकले संसद पुनस्थापना गर्ने अठोटसमेत गरेको छ ।

नेकपाको केन्द्रीय कमिटीको तेस्रो बैठक सकिएको छ । बैठकले पार्टी संगठन र संघर्षको पहिलो चरणको कार्यक्रम तय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

’पार्टी संगठन विरुद्ध रहेका गितिविधिका विरुद्ध पार्टी एकतालाई थप बलियो बनाउनका लागि तथा प्रतिनिधिसभाको विघटनको कथित निर्णय विरुद्ध पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको छ,’ उनले भने ।

नेकपा केन्द्रीय समितिले तय गरेका संगठनात्मक तथा संघर्षका कार्यक्रमहरु

–१० गते ९ः३० बजे सबै केन्द्रीय सदस्य, सासंदहरू लगयत माइतीघर मण्डलमा जम्मा भएर १२ बजे निर्बाचन आयोगमा केन्द्रीय कमिटीका सदस्य तथा संसदहरु सहभागी कार्यक्रम आयोजना ।

–१० गते दिउँसो २ः०० बजे पत्रकार सम्मेलन दुई अध्यक्षको सहभागी हुने ।

–११ गते प्रदेश कार्यालयको संयोजनात्मक छलफल गरी सात दिन प्रदेश कमिटीको बैठक सम्पन्न गर्ने ।

–१२ गते ७७ जिल्लामा जिल्ला स्तरीय कार्यकर्ता भेला सम्पन्न गर्ने । भेलामा एकीकृत पार्टीलाई कसरी सशक्त रुपमा अगाडि बढाउने र पार्टी एकता विरुद्धका भ्रम चिर्दै प्रतिगमन र प्रतिनिधिसभाको विघटन विरुद्ध संघर्षका कार्यक्रम तय गरिने ।

–१४ गते राजधानीसहित जिल्ला जिल्लामा विरोध प्रदर्शन गरिने ।

–२० गते सम्म सबै नगर तथा गाउँपालिका स्तरमा बैठक र भेलाहरु आयोजना गरिने ।

–२५ गते सम्म सबै वडाहरुमा भेला आयोजना गर्ने ।

–१४ गते सम्म सबै जनवर्गीय संगठन र मोर्चा संगठनको केन्द्रीय बैठक र भेलाहरुको आयोजना गरिने ।

–राजधानीमा स्थानीय कमिटीहरुले विभिन्न कार्यक्रम आयोजना गरिने छ ।

–संघर्षका कार्यक्रम व्यवस्थित गर्न नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय केन्द्रीय संघर्ष समिति गठन ।

–सबै केन्द्रीय कमिटी, स्थायी कमिटी र प्रदेश कमिटीसहितका सबै कमिटीका सदस्यलाई कार्यक्षेत्रमा गई संघर्षका कार्यक्रममा सहभागि हुन निर्देशन ।

(पहिलोपोष्ट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: