प्रचण्ड–नेपाल समूहका विद्यार्थीद्वारा अनेरास्ववियू झापाको कमिटी घोषणा

  प्रकाशित मिति
१५ मंसिर २०७७, सोमबार १९:२१


झापा, १५ मंसिर । अनेरास्ववियू झापाको एकता घोषणासँगै विवाद शुरु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियू झापामा एकता पछिको नयाँ कमिटी घोषणासँगै व्यापाक असन्तुष्टि रहेको छताछुल्ल भएको हो ।

नेकपाको केन्द्रमा देखिएको विवादले झापाको विद्यार्थी राजनीतिमा समेत प्रभाव पारेको छ ।

प्रचण्ड–नेपाल समूहले एकलौटी कमिटी घोषणा गरेकोमा जिल्लाभरका विद्यार्थीहरुले असहमति जनाएका छन् । प्रचण्ड समूहका केहि विद्यार्थी नेताले समेत कमिटी घोषणामा आपत्ति जनाउन थालेका छन् ।

विद्यार्थी नेता सन्दीप प्रसाईले चिया पसलमा बसेर गरेको निर्णय मान्य नहुने सामाजिक सञ्जालमा लेखेका छन् । उनले चिया पसलमा गरेको निर्णय मान्य नहुने बताउँदै आफ्नो अनुकुलतामा कमिटी घोषणा गरेको आरोप लगाएका छन् ।

यस्तै, विद्यार्थी पुजा खुशीले जिल्लाको कमिटी घोषणामा असन्तुष्टी व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जालमै लेखेकी छन्, –झापा जिल्लाको सबैभन्दा अन्यायपूर्ण निर्णय ।

मेची क्याम्पसका विद्यार्थी नेता अशोक खतिवडाले चरम गुटबन्दीबाट ग्रस्त समूहले आफु खुशी घोषणा गरेको नयाँ कमिटी अस्वीकार गर्ने बताएका छन् । उनले भने, ‘यो कमिटी मान्य हुँदैन । संगठनको केन्द्रले जारी गरेको सर्कुलर बमोजिम कमिटी बन्नुपर्छ ।’

सर्कुलरमा संगठनका केन्द्रीय सदस्य, साविक पार्टीका दुई प्रतिनिधि र संयोजक , सहसंयोजकको छलफलले सहमतिमा कमिटी टुङ्गो लगाउने व्यवस्था गरेको थियो ।

सोहि अनुसार पार्टीका प्रतिनिधि शिव ढुङ्गेल, युवराज दाहालसहित विद्यार्थीका प्रतिनिधिबीच एक चरण छलफल भएको थियो । पहिलो छलफलमै पुनः बैठक बसेर मात्रै कमिटी टुङ्गो लगाउने सहमति भए पनि अर्को बैठक नै नबसी कमिटी घोषणा गरिएको छ ।

अनेरास्ववियू झापाका पूर्व अध्यक्ष मनोज ताम्ली लिम्बुले नेतृत्व गरेका विद्यार्थीहरुलाई नयाँ कमिटीमा ‘बाइपास’ गरिएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: