अहिले भर्खरै : प्रचण्ड-माधव समूहको जुलुस सुरु, राजधानी अस्तव्यस्त

  प्रकाशित मिति
२८ माघ २०७७, बुधबार ११:४८


झापा, २८ माघ । संसद् विघटनको विरोधमा सत्ताबाट बाहिरिएको नेकपाको प्रचण्ड–माधव समूहको राजधानी केन्द्रित प्रदर्शन सुरु भएको छ ।

जुलुस राजधानीको चारैतिरबाट नाराबाजी गर्दै निस्किएको छ र त्यसबाट काठमाडौंको सवारी व्यवस्था अस्तव्यस्त भएको जनाइएको छ ।

प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि पुनस्र्थापनाको माग गर्दै नेकपाको प्रचण्ड–माधव समूहले काठमाडौंमा आयोजना गरेको यो दोस्रो विरोध प्रदर्शन हो ।

एघार बजे जुलुस सुरु हुने भनिए तापनि आन्दोलनकारी भेला भइरहेको हुँदा जुलुस ढिलो सुरु भएको छ । पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किएका हुन् ।

ती जुलुस सुन्धारामा पुगेर मूल जुलुसमा मिसिएर भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पुल्चोकबाट निस्किएको जुलुस कुपण्डोल, थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धारातिर अघि बढेको छ ।

त्रिपुरेश्वरको जुलुस सुन्धारातिर अघि बढेको छ । माइतीघर मण्डलाको जुलुस थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धारा जाँदैछ ।

केशरमहलबाट निस्कने जुलुस दरबारमार्ग, तीनधारा पाठशाला, जमल, कमलाक्षी, असन, इन्द्र चोक हुँदै न्युरोड पुग्नेछ ।

जमलबाट निस्कने जुलुस कमलादी, असन, इन्द्रचोक, जुद्धशालिक, न्युरोड हुँदै सुन्धारा पुग्नेछ । त्यसपछि सुन्धाराबाट निस्कने मूल जुलुस सुन्धारा, बीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक पद्मोदय मोड हुँदै प्रदर्शनीमार्गमा पुगेर विरोध सभामा परिणत हुने बताइएको छ ।

प्रदर्शनीमार्गमा ‘टी’ आकारमा सभा हुने छ । सभाका लागि पुरानोबसपार्क भद्रकाली सडकखण्डमा मञ्च निर्माण गरिएको छ ।

(सबै फोटो : सरोज मेहरा)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: