इलाम । प्रकाश स्मृति अक्षयकोषको पुरस्कारबाट मेची आँखा अस्पतालका नेत्र अधिकृत मेमलाल राजवंशी र मेचीनगरका अगुवा कृषक खड्गबहादुर अधिकारीलाई सम्मान गरिएको छ ।
६६ औँ प्रजातन्त्र दिवसको अवसर पारेर शुव्रmबार कोल्बुङको गाविस भवनमा आयोजित एक समारोहकाबीच उनीहरूलाई जनही १० हजार र सम्मानपत्रद्वारा सम्मान गरिएको हो । कोल्बुङ मार्सेका युवा प्रकाश आचार्यको सम्झनामा स्थापना गरिएको उक्त पुरस्कार होराइजन मल्टी मिडिया सञ्चालन गर्दै आएको छ । उक्त पुरस्कार मेची अञ्चलका उत्कृष्ठ कृषक, मानवीय सेवा क्षेत्रमा उत्कृष्टता हासिल गरेका स्थापित व्यक्तिहरूलाई प्रदान गरिँदै आएको छ ।
यसैगरी सोही कार्यव्रmममा प्रजातान्त्रिक आन्दोलनका योद्धा इलामका धर्म गौतमलाई पनि सम्मान गरिएको छ । नेपाल पत्रकार सङ्घ इलामका संस्थापक सभापति गौतमलाई सम्मान पत्र र दोसल्लासहित सम्मान गरिएको हो ।
मल्टी मिडियाका अध्यक्ष चन्द्र भण्डारीको सभापतित्व तथा प्रजातान्त्रिक योद्धा धर्म गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यव्रmममा भेषराज पवित्रा खतिवडा स्मृति प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडा, नेपाल प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमगाई, नेपाल पत्रकार महासङघ झापाका सचिव एकराज गिरी, प्रकाशका बुबा चुडामणी आचार्य, सम्मानित मेमलाल राजवंशी,लगायतले बोलेका थिए ।
कार्यव्रmममा प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेल, नेपाल बारका पूर्व केन्द्रीय सदस्य घनश्याम खतिवडा, आमा जसोधा आचार्य, मामा पिनाकी कोइरालाललगायत आफन्तको उल्लेखीय उपस्थिति रहेको थियो । कार्यव्रmमको बारेमा आयोजकका अध्यक्ष चन्द्र भण्डारीले प्रकाश पारेका थिए । सम्मानित व्यक्तिहरूको परिचय मल्टी मिडियाका उपाध्यक्ष केशव भट्टराई, कोषाध्यक्ष भीमा सिवाकोटीले गराएका थिए । संस्थापक अध्यक्ष सिरो सान्दाइले स्वागत गरेको कार्यव्रmमको सञ्चालन महासचिव दिपेन्द्र पौडेलले गरेका थिए ।