प्रजातान्त्रिक समाज अध्यक्षमा दाहाल

  प्रकाशित मिति
२७ बैशाख २०७६, शुक्रबार ०८:४८


भद्रपुर । प्रजातान्त्रिक विचार समाजको झापा शाखा गठन भएको छ । विहीवार भद्रपुरस्थित जेसीज भवनमा आयोजित प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथा बुद्धिजिवीहरुको एक भेलाले चिन्तामणि दाहालको अध्यक्षतामा प्रजातान्त्रिक विचार समाजको १५ सदस्यीय झापा शाखा गठन गरेको हो ।

समाजका झापा संयोजक दाहालकै अध्यक्षता तथा प्रा.डा.पृथ्वीविक्रम राईको प्रमुख आतिथ्यमा भएको भेलाले निर्विरोध गठन गरेको समाजको उपाध्यक्षमा डा. मुक्तिनाथ भट्टराई, सचिवमा भरत प्रसाईं, सहसचिवमा ठाकुर रसाइली र कोषाध्यक्षमा मन्जु सिटौला पोखरेल छन् ।

त्यसैगरी, सदस्यहरुमा प्रकाश भण्डारी, यज्ञलक्ष्मी चौँलागाई, सोमप्रसाद ढुङ्गेल, विनोद गौतम, बडाराम हेमरम, बद्री कार्की, सुशील खनाल, केशव काफ्ले, यज्ञ अधिकारी र गिरीराज भट्टराई छन् ।

समाजको सल्लाहकारमा प्राडा पृथ्वीविक्रम राई, विन विश्वकर्मा, अरुण भट्टराई, कमला पोखरेल दाहाल, सुरज खत्री, नारायणप्रसाद पौडेल, कुमारमणि पोखरेल र विदुरप्रसाद खतिवडालाई चयन गरिएको छ साथै भेलाले आवश्यकता अनुसार सल्लाहकार थप्ने जिम्मेवारी कार्यसमितिलाई दिएको छ ।

त्यसअघि, आयोजित उद्घाटन सत्रमा भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि राईले समाजमा प्रजातान्त्रिक विचारलाई बलियो बनाउन यस समाजले महत्वपूर्ण योगदान दिने विश्वास ब्यक्त गरे । कार्यक्रमको स्वागत सहप्राध्यापक अरुण भट्टराईले तथा सञ्चालन जेसीजका पूर्व केन्द्रीय उपाध्यक्ष भरत प्रसाईंले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: