प्रजिअको सरुवा, एसपीको थमौती

  प्रकाशित मिति
७ मंसिर २०७३, मंगलवार २०:३५


भद्रपुर । झापाको प्रशासनिक निकायमा प्रमुखहरूको सरुवा हुने क्रम सुरु भएको छ ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलको प्रहरी कितावखानाको महानिर्देशकमा सरुवा भएको छ भने उनको स्थानमा गृह मन्त्रालयबाट उत्तरकुमार खत्री नयाँ प्रजिअको रुपमा आउने भएका छन् ।

आइतवार ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा पुगेर जन्मदिन मनाएका प्रजिअ भुजेलको सरुवा पत्रको फ्याक्स आएको फेसबुकमार्फत उनैले सार्वजनिक गरेका छन् ।

‘कार्यालयका कर्मचारीहरूसँग जन्मदिन मनाइरहँदा उपहार स्वरुप अर्को कोठामा फ्याक्समार्फत’, प्रजिअ भुजेलले आफ्नो फेसबुक वालमा लेखेका छन्–‘प्रहरी कितावखानाको महानिर्देशकमा सरुवा भएको पत्र प्राप्त भएको जानकारी सबै शुभचिन्तक महानुभावहरूमा गराउन चाहन्छु ।’

यसैगरी, झापामा काजमा आएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापाको अब झापामै दरबन्दी कायम भएको छ ।

केही दिन अघिदेखि एसपी थापालाई सरुवा गराउन केही दल तथा व्यापारिक समूहको चलखेल भइरहेको भनी मिडियामा समेत चर्चा भएको थियो । तर गृह मन्त्रालयले हल्ला विपरीत झापामै उनको दरबन्दी कायम गरिदिएको छ ।

एसपी थापा प्रहरी विभागभित्रका एक प्रतिभाशाली तथा कत्र्तव्यनिष्ट अधिकृत मानिन्छन् ।

(लोकतन्त्र पोस्ट दैनिकमा २०७३ मंसिर ७ गते प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: