प्रतिनिधिसभाबाट नेपालको नयाँ नक्सा पारित

  प्रकाशित मिति
३१ जेष्ठ २०७७, शनिबार १७:५५


मेचीनगर, ३१ जेठ । प्रतिनिधिसभाले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका भूभाग समेटिएको नयाँ राजनीतिक नक्सा अनुमोदन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयक पारित गरेको छ ।

अहिले भर्खरै संविधान संशोधन विधेयकका विषयमा प्रतिनिधिसभामा मतदान हुँदा सिंगो सदन विधेयकका पक्षमा एकढिक्का भएको थियो ।

सभामुख अग्नी सापकोटाले सभाबाट संविधान संशोधन विधेयक पारित भएको घोषणा गरेका छन् । घोषणा लगत्तै सदनमा लामो समयसम्म ताली र खुशी गुञ्जिएको थियो ।

शनिबारको प्रतिनिधिसभा बैठकले लिम्पियाधुरासहितको नक्सा पारित गर्ने ऐतिहासिक निर्णय गरेको हो ।  संशोधन प्रस्तावमाथिको दफावार छलफलपछि निर्णयका लागि संसदमा मतदान भएको थियो ।

जसअनुसार संविधान संशोधनका लागि भएकाे मतदानमा २५८ मत खसेकोमा पक्षमा सबै २५८ र विपक्षमा कुनै पनि मत परेन । २७५ सदस्सीय संसदमा २५८ मत खसेसँगै संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे ।

अब नेपालको संविधानमै लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका भूभाग समेटिएको नेपालको नक्सा समावेश भएको छ भने सरकारको निसान छापमा नयाँ नक्सा नै उल्लेख हुनेछ ।

सुगौली सन्धिका आधारमा नेपालको भूभाग रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका भूभागलाई भारतले कब्जा गर्दै आएकोमा सरकारले त्यसलाई फर्काउने कदमका रुपमा ती भूभाग समेटिएको नयाँ नक्सा जारी गरिसकेको छ । अब संविधान संशोधन नै भएर नयाँ नक्साले मान्यता पाएको छ ।

संविधान संशोधनका पक्षमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरु उभिएका छन् । यसबाट राष्ट्रियताको मामिलामा दलहरु दलहरु एक ठाउँमा हुन्छन् भन्ने सावित भएको छ ।

यसअघि सरकारले जेठ ७ गते लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो ।

जेठ ९ गते नक्सा संशोधनसँग सम्बन्धी संविधानको निशान छाप परिवर्तन गर्न संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराइएको थियो ।

जेठ १८ गते गते विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएको थियो ।

जेठ १८ गते सर्वसाधारणको जानकारीका लागि नयाँ नक्सा नेपाल राजपत्रमा प्रकाशित भएको थियो ।

जेठ १९ गते सर्वसाधारणको जानकारीका लागि सरकारी पत्रिका गोरखापत्रमा नयाँ नक्सा प्रकाशित गरिएको थियो ।

जेठ २७ गते प्रतिनिधि सभामा सैद्धाान्तिक छलफल सुरु भएको थियो । सांसदहरुले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्री केपी ओलीले समेत दिएका थिए ।

जेठ ३१ गते प्रतिनिधिसभाबाट नयाँ नक्सा पारित भएको छ । यसका लागि प्रतिनिधिसभामा मतदान प्रक्रिया अपनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: