प्रतिष्पर्धालाई अस्वस्थ नबनाउन ओलीको आग्रह

  प्रकाशित मिति
१८ आश्विन २०७९, मंगलवार १९:४८


विर्तामोड, १८ असोज । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्वस्थ चुनावी प्रतिष्पर्धामा उत्रिन राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

बडादसैं, नेपाल सम्बत्, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा आज गृहजिल्ला झापाको विर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले अस्वस्थ प्रतिष्पर्धा लोकतान्त्रिक अभ्यास नहुने बताए ।

“हामीले लडेर ल्याएको व्यवस्था नै बहुदलीय प्रतिपर्धा हो,” उनले भने–“प्रतिष्पर्धा स्वस्थ भएन भने त्यो लोकतान्त्रिक राजनीति हुँदैन ।” उनले दलहरुबीच राष्ट्रिय एकता र बहुदलीय प्रतिष्पर्धाको गरिमा कायम राख्ने विषयमा एकता हुनुपर्ने धारणा व्यक्त गरे ।

एमाले अध्यक्ष ओलीले शुभकामना मन्तब्यको क्रममा दसैंको सांस्कृतिक, सामाजिक र पौराणिक महत्वका विषयमा चर्चा गर्दै मान्यजनबाट आशिर्वाद ग्रहण गर्ने, नारी शक्तिको उपासना गर्ने र असत्यलाई पराजित गर्ने सन्देश दिने चाड अरु मुलुकमा नभएको बताए ।

उनले २०५१ सालदेखि गृहजिल्लामा दसैको महानवमीको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रमको निरन्तर आयोजना गर्दै आएका छन् ।

ओलीले आयोजना शुभकामना कार्यक्रममा अन्यर दलका नेताहरुको पनि सहभागिता रहने गरेको छ । यसपाली नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन अतिथिको रुपमा बोलाइएका थिए । तर, सिटौला भने कार्यक्रममा आएनन् ।

सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देन, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, नेकपा माओबादीका युवा नेता रञ्जित तामाङ, जनता समाजबादी पार्टी झापा अध्यक्ष दिपेनबाला राई लगायत विभिन्न राजनीतिक पार्टीका नेता, नेकपा एमालेका नेता, उद्योगी, व्यवसायी र पेशाकर्मीहरुको उपस्थिति रहेको थियो ।

कांग्रेसका सचिव हुमागाई, राप्रपाका प्रवक्ता भक्ति सिटौला, नेकपा माओबादीका विद्यार्थी नेता तामाङ र जसपाका झापा अध्यक्ष राईले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । राप्रपाका अध्यक्ष लिङ्देन ढिलो उपस्थिति भएका थिए ।

कार्यक्रममा नेकपा एमालेका प्रदेश अध्यक्ष देबराज घिमिरे, झापा इञ्चार्ज अग्नी खरेल, सहइञ्चार्ज रविन कोइराला लगायतका एमालेका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: