प्रदेशको अधिकार जिल्लालाई

  प्रकाशित मिति
२१ आश्विन २०७४, शनिबार १२:०१


झापा । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश सरकार गठन नभएसम्मका लागि प्रदेश सरकारले सञ्चालन गर्ने भनी तोकिएका चालु आवका कार्यक्रम जिल्ला समन्वय समितिलाई गर्न निर्देश गरेको छ ।

अर्थ मन्त्रालयले असोज ६ गते गरेको पत्राचारका आधारमा जिल्ला समन्वय समितिलाई यस्तो निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए ।

‘प्रदेश सरकारलाई तोकिएका, एकभन्दा बढी स्थानीय तहमा गएका बजेट र निर्वाचन क्षेत्र विकास कार्यक्रमको कार्यान्वयन जिल्ला समन्वय समितिमार्फत जिल्ला प्राविधिक कार्यालयले गर्ने गरी आज सबै स्थानीय तहका नाममा पत्राचार गरिएको छ’–उनले भने ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले असोज ४ गते मन्त्रिस्तरीय निर्णय गर्दै प्रदेश सरकार स्थापना भएपछि यी कार्यक्रम प्रदेशले नै सञ्चालन गर्ने गरी हाल समन्वय समितिमार्फत् सम्बन्धित जिल्ला प्राविधिक कार्यालयले गर्ने व्यवस्था मिलाउने गरी निर्णय गरेका थिए ।

जिल्ला प्राविधिक कार्यालयबाट प्रदान गरिने सेवा पनि क्रमशः स्थानीय तहबाटै सञ्चालन हुने व्यवस्था भएको छ । स्थानीय पूर्वाधार तथा कृषि सडक विभागका कर्मचारी पनि स्थानीय तहमै समायोजन हुनेछन् । कार्यक्रम सञ्चालन गर्न प्राविधिक कार्यालयले जिल्लामा भएका कार्यक्रमका आधारमा विद्यमान जनशक्तिबाटै प्राविधिक र अन्य काम गर्नुपर्ने निर्देश मन्त्रालयले गरेको छ ।

मन्त्रालयले जिल्ला प्राविधिक कार्यालयलाई स्थानीय तहका नक्सा पास, मूल्याङ्कन तथा नाप जाँचका काम गर्नका लागि सहयोग गर्न पनि निर्देशन दिएको छ । स्थानीय तहमा प्राविधिक कर्मचारी पूर्तिको क्रममै रहेकाले आवश्यक सहयोग गर्न पत्राचार गरिएको प्रवक्ता तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: