प्रदेशस्तरीय महिला भलिवल प्रतियोगिताको तयारी

  प्रकाशित मिति
६ जेष्ठ २०७४, शनिबार २०:१७


मेचीनगर । यही जेठ ८ र ९ गते धुलावारीको कोलोनी खेलमैदानमा प्रदेश नं. १ स्तरीय महिला खुला भलिवल प्रतियोगिताको आयोजना हुने भएको छ ।

झापा खेलकुद विकास समितिका पूर्व अध्यक्ष गणेशविक्रम नेम्वाङको अध्यक्षतामा शनिवार सम्पन्न आयोजक समितिको बैठकले प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी गर्ने निर्णय गरेको छ ।

नकआउटको आधारमा खेलाइने सो प्रतियोगितमा झापाका ८ टिम सहित मोरङ, सुनसरी लगायतका जिल्लाबाट समेत महिला टीमको सहभागिता रहने छ ।

मेचीनगर भलिवल क्लवको आयोजनामा हुने सो प्रतियोगितमा विजयी हुने टिमले १० हजार रुपैयाँ नगद र उपविजयीले ५ हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजक समितिका सचिव शम्भु अधिकारीले जानकारी दिएका छन् ।

खेलकुदका अभिभावक भनेर चिनिएका अध्यक्ष नेम्वाङको पहलमा वर्षेनी धुलावारीमा महिला भलिवल प्रतियोगिता आयोजना हुँदै आएको छ ।
आयोजक समितिका उपाध्यक्ष हरि नेपाल, सहसचिव प्रकाश खड्का, सदस्य मीना इजम, पत्रकार मोहन काजी, रेडियोकर्मी रोमन आचार्य लगायतको सो बैठकमा उपस्थिति रहेको थियो ।
……………………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: