प्रदेश एकका सभामुख भण्डारीद्वारा सभाहलको शिलान्यास

  प्रकाशित मिति
१ आश्विन २०७७, बिहीबार १६:१८


मेचीनगर, १ असोज । प्रदेश नं.१ को प्रदेशसभा हलको आज शिलान्यास गरिएको छ ।

प्रदेश सरकार गठन भएको साढे दुई वर्षपछि पहिलो पटक प्रदेशसभा हलको शिलान्यास गरिएको हो ।

प्रदेश सभा भवन कहाँ लाने भन्ने बिषयमा सहमति हुन नसक्दा प्रदेशसभा हल निर्माणमा अन्यौता छाउदै आएको थियो । प्रदेश राजधानी विराटनगर स्थित हालकै प्रदेशसभा भवन परिसरमा नयाँ प्रदेशसभा हल निर्माण हुन लागेको हो ।

जिल्ला समन्वय समितिको एक बिघा ३ कठ्ठा क्षेत्रफल अन्तर्गतको जग्गामा नँया सभा हल निर्माण गरिन लागेको प्रदेश सचिवालयको कार्यालयले जनाएको छ । भवनको शिलान्याससँगै प्रदेशसभा कहाँ राख्ने भन्ने अन्योल र विवाद पनि अन्त्य भएको छ ।

यसअघि, प्रदेशसभा हल इटहरी सार्ने आवाज उठ्दै आएको थियो । एक कार्यक्रमबीच प्रदेश सभामुख प्रदीप भण्डारीले विहीबार प्रदेश सभा हलको शिलान्यास गरेका छन् । उनले आगामी हिउँदे अधिवेशन सञ्चालन गर्ने लक्ष्य लिएर हल निर्माण शुरु गर्न लागिएको जानकारी दिए ।

कार्यक्रममा सभामुख भण्डारी, उपसभामुख सरस्वती पोखरेल, आन्तरिक मामिला मन्त्री हिक्मत कार्की, अर्थमन्त्री इन्द्र आङ्बो, प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला, जनता समाजवादी पार्टीका नेता जयराम यादव, मोरंगका जिसस प्रमुख नरेश पोखरेल, प्रदेश सभा सचिव गोपाल पाराजुली लगायतले सम्बोधन गरेका थिए ।

प्रदेशसभा सचिवालयका अनुसार हल बनाउन भदौ ३० गते सम्झौता भएको थियो । सम्झौता अनुसार आगामी फागुन २९ गतेभित्र निर्माण सम्पन्न गर्नु पर्नेछ । हलको कुल लागत २ करोड ५१ लाख ८१ हजार ९ सय ७६ रुपैयाँ ५५ पैसा रहेको छ ।

यो हल धरानको स्वामीनारायण निर्माण सेवा प्रालिले ठेक्का पाएको छ । प्रदेशसभाको पहिलो अधिवेशन २०७४ माघ २२ गतेबाट शुरु भएको थियो । प्रयाप्त हलको अभाव हुँदा सभा सञ्चालनमा समेत कठिनाइ हुँदै आएको छ ।

(थाहा खवर)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: