प्रदेश एकको नीति तथा कार्यक्रम

  प्रकाशित मिति
२३ जेष्ठ २०७७, शुक्रबार १९:२५


झापा । कोरोना महामारीका कारण किसानलाई परेको असर–नोक्सानी सम्बोधन गर्न प्रदेश १ सरकारले राहत प्याकेज घोषणा गरेको छ ।

कोरोना राहत ४५ करोडको हुनेछ । सरकारको वार्षिक नीति तथा कार्याक्रम प्रदेशसभामा शुक्रबार प्रस्तुत गर्दै प्रदेश प्रमुख सोमनाथ प्यासीले कोरोनाबाट विदेशमा रोजगारी गुमाएर फर्कने युवाहरुका लागि पनि वैदेशिक स्वरोजगारीमुलक परियोजना सञ्चालन गर्ने घोषणा गरेका छन् ।

कोरोना महामारीका कारण तत्कालको लागि विकास कार्यक्रमका प्राथमिकतामा बाध्याकारी परिस्थिति सिर्जना भएकोले भन्दै कृषि र स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकता दिएको प्यासीले जनाए । विषयगत रुपमा स्वास्थ्य र कृषि पहिलो प्राथमिकतामा रहने छ ।

सरकारको नीति तथा कार्यक्रममा किसानका लागि ४५ करोड राहत प्याकेज घोषणा गरिएको छ । कोभिड–१९ कारण विश्वका विभिन्न भागबाट रोजागरी गुमाई प्रदेशका फर्कने युवाका लागि स्वरोजगारमुलक परियोजना सञ्चालन गर्नेसमेत सरकारले तयारी गरेको छ ।

रोजगारी गुमाएर आउने विदेशबाट युवालाई उत्पादनशिल, उद्योग तथा भौतिक विकासमा उच्च प्राथमिकता दिदैं शिक्षा, सुरक्षा र सुशासनलाई उचित प्रबन्ध गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेश १ का करिब २ लाखसम्म युवा फर्कन सक्ने आँकलन गर्दै यसरी फर्कनेका लागि रुचिअनुसार कार्यक्रम तर्जुमा गर्न प्रदेश योजना आयोगबाट अनलाइन फारम आह्वान गरिने छ ।

वैदेशिक रोजगारी गुमेका र यहीँका बेरोजगारलाई कृषि कर्मको लागि तथा अनुभवयुक्त मानव पूँजी र आत्मविश्वासलाई पुर्नताजगी गर्न स्थानीय तह, सहकारी, निजी क्षेत्र र स्विस विकास कोरोना पुर्नउत्थान कोषमार्फत समेटिने छ,’ प्रदेश प्रमुख प्यासीले भने,‘मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रम र मेरो कृषि मेरो पौरख कार्यान्वयन गर्दै रोजगारीका लागि थप अवसर खोलिने छ ।

प्राकृतिक स्रोतको सम्भाव्यता हेरी एक जिल्ला एक उद्योग खोल्न अध्ययन र कार्यान्वयनमा दोहोरोपना आउन नदिन सार्वजनिक निजी साझेदारी प्रक्रियाअघि बढाइने छ ।’ (प्रदेश र्पोटल)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: