प्रदेश एकमा खोजी, जाँच र परीक्षणको अवधारणा

  प्रकाशित मिति
२६ बैशाख २०७७, शुक्रबार २०:०८


झापा । कोभिड–१९ को सम्भावित महामारी नियन्त्रणका लागि प्रदेश सरकारले ‘थ्री टी’ को अवधारण अघि सारेको छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले ‘थ्री टी’ को अवधारण अनुसार कोरोना नियन्त्रण अभियान सञ्चालन गरिरहेको बताएका हुन् ।

प्रदेश १ मा ‘थ्री टी’ अर्थात ‘ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्ट’ (खोजी, जाँच र परीक्षण) को अवधारणका साथ काम गरिरहेको उनले बताए ।

उनका अनुसार सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहता नेतृत्वको टिमले ट्रेसिङ टिम गठन गरेको छ ।

जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवको नेतृत्वमा टेस्टिङ (परिक्षण) टिम गठन भएको छ ।

कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्टेन्ड डा.संगीता मिश्राको नेतृत्वमा ट्रिटमेन्ट (उपचार) गर्ने टिम गठन भएको उनले बताए । तीन वटै समूहले निरन्तर काम गरिरहेको उनको भनाइ छ ।

२५ जना स्वास्थ्यकर्मी घर फर्किए

कोरोना संक्रमितको उपचारमा खटिने २५ फ्रन्टलाइनर क्वारेन्टाइनको बसाइपछि घर फर्किएका छन् । कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएपछि २५ जना घर फर्किएका हुन् ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका ३१ कोरोना संक्रमितको उपचारमा पहिलो चरणमा खटिएका २५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनको बसाइपछि घर फर्किएका हुन् ।

५ वैशाखमा १२ जना संक्रमित आएपछि उपचारमा खटिएका २५ जना स्वास्थ्यकर्मीको टोली घर फर्किएको सामाजिक विकास मन्त्री घिमिरेले बताए ।

(अनलाइन खवरबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: