प्रदेश क्याबिनेटमा थपिए चार राज्यमन्त्री

  प्रकाशित मिति
५ माघ २०७६, आईतवार १८:२८


विराटनगर । प्रदेश सरकार गठन भएको दुई वर्षमा क्याबिनेटमा चार मन्त्री थपिएका छन् ।

मुख्यमन्त्री शेरधन राईले आइतवार चार राज्यमन्त्री नियुक्त गरे । जसमा एक महिला, दुई जनजाति र एक मधेसी समुदायका छन् ।

यस अघि मुख्यमन्त्री राईको क्याबिनेटमा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, पर्यटन, बन तथा खेलकुद मन्त्री जगदीश कुशियत, आर्थिक योजना मन्त्री इन्द्र आङ्बो र सामाजिक विकास मन्त्री जीवन घिमिरे थिए ।

आइतवार नियुक्ति पाएर सोही दिन शपथग्रहण गरेका चारै जना राज्यमन्त्री छन् ।

जसमा ओखलढुङ्गाका अम्बिर गुरुङ, इलामका रामबहादुर रानामगर, झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वास छन् ।

गुरुङलाई भौतिक पूर्वाधार राज्यमन्त्री, रानामगरलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री, गजमेरलाई सामाजिक विकास राज्यमन्त्री, विश्वासलाई उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

उनीहरुलाई मुख्यमन्त्री राईले आइतबार नै पद तथा गोपनियताको सपथ गराए । कार्यक्रममा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, सभामुख प्रदिप भण्डारी प्रदेशका मन्त्री, मुख्य विपक्षी दलका नेता राजीव कोइराला, सांसदहरु लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: