प्रदेश ‘क’ मा गोपाल ६९०७, रविनको ५८७०

  प्रकाशित मिति
६ मंसिर २०७९, मंगलवार १३:३३


मेचीनगर, ६ मंसिर । झापा–१ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार गोपाल तामाङले मतान्तर बढाएका छन् ।

१५०५० मत गनिसक्दा तामाङको ६९०७ र नेकपा एमालेको तर्फबाट रविन कोइरालाले ५८७० मत ल्याएका छन् । तामाङ र कोइरालाको मतान्तर १०३७ रहेको छ ।

यता जनता समाजवादी पार्टीको ढल्केको छाताको २७१, मौलिक जरोकिलो पार्टी नेपालको किवोर्डसहितको कम्युटर चिन्हको ६४, लोकतान्त्रिक समाजवादी पार्टीको साइकल चिन्हको १६५ र मंगोल नेशनल अग्रनाइजेशनको कुखुराको भाले चिन्हले ९८९ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: