प्रदेश ‘क’ मा तामाङलाई ८५६ मतको अग्रता

  प्रकाशित मिति
६ मंसिर २०७९, मंगलवार ०८:४८


मेचीनगर, ६ मंसिर । झापा–१ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार गोपाल तामाङले मतान्तर बढाएका छन् ।

१० हजार ३२५ मत गनिसक्दा तामाङको ४८१० र नेकपा एमालेको तर्फबाट रविन कोइरालाले ४०६० मत ल्याएका छन् । तामाङ र कोइरालाको मतान्तर ७५० रहेको छ ।

यता जनता समाजवादी पार्टीको ढल्केको छाताको २०७, मौलिक जरोकिलो पार्टी नेपालको किवोर्डसहितको कम्युटर चिन्हको ५२, लोकतान्त्रिक समाजवादी पार्टीको साइकल चिन्हको ९५ र मंगोल नेशनल अग्रनाइजेशनको कुखुराको भाले चिन्हले ५५३ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ ।

झापा–१ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार गोपाल तामाङले ८५६ को मतान्तरले अग्रत लिइरहेका छन् ।

१२४९६ मत गनिसक्दा तामाङको ५७४७ र नेकपा एमालेको तर्फबाट रविन कोइरालाले ४८९१ मत ल्याएका छन् । तामाङ र कोइरालाको मतान्तर ८५६ रहेको छ ।

यता जनता समाजवादी पार्टीको ढल्केको छाताको २४४, मौलिक जरोकिलो पार्टी नेपालको किवोर्डसहितको कम्युटर चिन्हको ५६, लोकतान्त्रिक समाजवादी पार्टीको साइकल चिन्हको १०१ र मंगोल नेशनल अग्रनाइजेशनको कुखुराको भाले चिन्हले ७९२ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: