प्रदेश नं. १ : एमालेका बराल र कांग्रेसका बस्नेतको मत बराबर

  प्रकाशित मिति
१२ माघ २०७८, बुधबार १७:५६


झापा, १२ माघ । प्रदेश १ को राष्ट्रिय सभा चुनावमा नेकपा एमालेका गुरु बराल र नेपाली काँग्रेसका उम्मेदवार गोपाल बस्नेतको मत बराबर भएको छ ।

बुधबार साँझ सम्पन्न मतगणनामा बराल र बस्नेतको मत बराबरी आएको हो ।

एमाले उम्मेदवार बराल र नेपाली कांग्रेसका उम्मेदवार बस्नेतले बराबर ४४८८ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ ।

बस्नेतले प्रदेशसभाका ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ११६ मत प्राप्त गरे ।

बरालले प्रदेशसभाबाट ३८ र स्थानीय तहबाट १४८ मत प्राप्त गरे । अब विजेता चयनका लागि गोला प्रथा गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

राप्रपाका अम्बरबहादुर बिष्टले प्रदेशमा २ र स्थानीय तहमा ४ मत प्राप्त गरे । जसको मतभार १६८ छ ।

प्रदेश १ मा ३ सिटका लागि भएको मतदानमा एमाले र एकीकृत समाजवादीका उम्मेदवार विजयी भएकामा बराल र बस्नेतको भने बराबर मत आएको हो ।

एमालेबाट सोनाम ग्याल्जेन शर्मा र नेकपा एकीकृत समाजवादीबाट जयन्ती राई विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: