झापा, १४ कार्तिक । प्रदेश नं. १ मा हालसम्ममा ७१ जना पत्रकारमा कोरोना संक्रमण भएको छ ।
प्रदेश नं. १ का नेपाल पत्रकार महासंघका अध्यक्ष विक्रम लुईटेलका अनुसार २० जना पत्रकार आइसोलेसनमा बसेका छन् भने अरु संक्रमणमुक्त भइसकेका छन् ।
यसैबीच, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटालाई आज कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
उनको कनकाईस्थित मेची प्रादेशिक अस्पतालको प्रयोगशालामा विहीवार पीसीआर परीक्षण गरिएको थियो । आज रिपोर्ट पोजेटिभ आएको हो । शिवसताक्षीस्थित होम आइसोलेसनमा रहेका उनको स्वास्थ्य अवस्था सामान्य छ ।