प्रदेश प्रमुख प्रसाईंलाई आज विशेष सम्मान

  प्रकाशित मिति
१२ पुष २०७६, शनिबार ००:०७


मेचीनगर । मेचीनगर निवासी प्रदेश नं ३ का प्रमुख विष्णु प्रसाईंलाई शनिबार (आज) काँकरभिट्टामा विशेष सम्मान गरिदैछ ।

मेचीनगर नगरपालिकाको आयोजनामा काँकरभिट्टा खानेपानीको कार्यालयमा कार्यक्रम गरी उनलाई सम्मान गर्न लागिएको हो । मेचीनगर–११, धाइजन निवासी प्रसाईंलाई नेपाल सरकारले हालै प्रदेश नं ३ को प्रमुखमा नियुक्त गरेको थियो । मेचीनगरका स्थायी बासिन्दा प्रसाईं उच्च ओहोदामा पुग्न सफल हुनु भएकाले गौरव स्वरुप सम्मान गर्न लागिएको नगर प्रमुख विमल आचार्यले बताए । उनले बधाइ तथा सम्मान कार्यक्रममा उपस्थित भइदिन सम्पूर्ण नगरबासीलाई आग्रह पनि गरेका छन् ।

राजनीतिमा लामो समय बिताएका प्रसाईं‘झापाली टाइगर’ को रुपमा परिचित छन् । समाजसेवामा उत्तिकै सक्रिय उनको जोस र जाँगर युवाकोभन्दा कम छैन । प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेपछि केही दिनका लागि उनी गृहनगर आएको बुझिएको छ ।

मेचीनगर नगरपालिका

गृहनगर आएसँगै प्रसाईं विभिन्न कार्यक्रममा व्यस्त छन् । शुक्रवार प्रदेश प्रमुख प्रसाईंले धुलाबारीमा चलिरहेको महोत्सव अवलोकन गरेको आयोजक मेची उद्योग वाणिज्य सङ्घले जनाएको छ । अवलोकनपछि उनले महोत्सव भव्य र सभ्यरुपमा सञ्चालन भइरहेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: