प्रदेश सरकारले मेची अस्पताललाई रु.२३ करोड दिने घोषणा

  प्रकाशित मिति
१ असार २०७७, सोमबार १६:१८


भद्रपुर, १ असार । झापाको भद्रपुरस्थित मेची अस्पतालको सेवालाई अझै गुणस्तरीय बनाउन उपकरण, जनशक्ति र पूर्वाधार विकासका लागि प्रदेश सरकारले रु. २३ करोड विनियोजन गर्ने भएको छ ।

संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री इन्द्र आङ्वोले मेची अस्पतालको उपचार सेवालाई थप गुणस्तरीय बनाउन सो रकम विनियोजन गरिने बताए ।

अर्थमन्त्री आङवोले प्रादेशिक मेची अस्पतालको सेवाको गुणस्तर सुधार गर्दै सिटी स्क्यान, हेमोडाइलोसिस सेवा र भेन्टिलेटरसहित सघन उपचार कक्षका लागि रु.२३ करोड रुपैयाँ विनियोजन गरिएको बताए ।

स्थापना भएको लामो समय भए पनि पर्याप्त सरकारी चासो नपुगेको मेची अस्पतालका लागि सरकारले यति ठूलो रकम दिने घोषणा गरेको पहिलो हो । सांसद गोपाल बुढाथोकीले झापाली सांसदको मागलाई प्रदेश सरकारले सम्बोधन गरेको भन्दै सामाजिक सञ्जालमार्फत सरकारलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: