प्रदेश १ : एमालेका सोनम र एसकी जयन्ती निर्वाचित

  प्रकाशित मिति
१२ माघ २०७८, बुधबार १७:१६


एकीकृत समाजवादी पार्टीकी नेतृ जयन्ती राई ।

विराटनगर, १२ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट महिलातर्फ एकीकृत समाजवादी पार्टीकी जयन्ती राई र अल्पसंख्यक क्षेत्रबाट नेकपा एमालेका सोनम ग्याल्जेन शेर्पा निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादी पार्टीकी नेतृ राई बिजयी भएकी हुन् ।

उनले ४ हजार ६९२ मतभार पाइन् । एमालेबाट उम्मेदवार बनेकी सुमित्रा भण्डारीले ४ हजार ३६२ मत प्राप्त गरिन् ।

राप्रपाकी उम्मेद्वार रञ्जु प्याकुरेलले १२० मत ल्याएकी छन् ।

एमालेका सोनम ग्याल्जेन शेर्पा ।

अल्पसंख्यक क्षेत्रबाट उम्मेद्वार बनेका नेकपा एमालेका सोनम ग्याल्जेन शेर्पा बिजयी भएका छन् ।

उनले ४ हजार ७३४ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनको बहुमत भएको अवस्थामा उनको बिजयलाई अनौठो मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: