प्रदेश १ मा समुदायस्तरमा कोरोना छैन : मन्त्री घिमिरे

  प्रकाशित मिति
३ असार २०७७, बुधबार १६:३५


मेचीनगर, ३ असार । प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले हाल प्रदेश नं. १ मा समुदायस्तरमा कोरोना नफैलिएको बताएका छन् ।

प्रदेशमा हालसम्ममा ४१६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये धनकुटा र उदयपुरका एक एक जना मात्र स्थानीय समुदायका थिए । अरु सबै कोरोना संक्रमित मुलुक बाहिरबाट भित्रिएका हुन् ।

मन्त्री घिमिरेले स्थानीय समुदायका दुई जना समेत निको भई घर फर्किसकेको जनाए । उनले प्रदेशलाई कोरोनामुक्त बनाउन प्रदेश सरकारले प्रयास गरिरहेको बताए ।

झापाको आइसोलेटेड होल्डिङ सेन्टर, क्वारेन्टाइन र काँकरभिट्टा नाकाको निरीक्षण अवसरमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री घिमिरेले उक्त जानकारी दिएका हुन् ।

प्रदेशमा निको भएर हालसम्ममा १८१ जना घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: