भद्रपुर । झापा वार एसोसिएसन स्थापनाको ५० बर्ष पूरा भएको बर्षलाई सम्झनलायक बनाउँदै यो वर्षैभरि एसोसिएसनले ‘स्वर्ण महोत्सव’ मनाएको छ ।
महोत्सवको समापनका अवसरमा पुस ७ गते मङ्गलवार विशेष कार्यव्रmमको आयोजना गरिने भएको छ ।
चन्द्रगढीस्थित वार तथा अदालत परिसरमा हुने समापन समारोहमा प्रधानन्यायाधीस कल्याण श्रेष्ठ प्रमुख अतिथिको रुपमा सहभागी बन्ने भएका छन् ।
वार स्रोतका अनुसार कार्यव्रmममा सहभागी हुन प्रधानन्यायाधीस श्रेष्ठ हेलिकप्टरमा आउने छन् । चन्द्रगढी आउनु अघि विहान उनले ताप्लेजुङ जिल्ला अदालत भवनको उद्घाटन गर्ने छन् ।
वारले स्वर्ण महोत्सवको उपलक्ष्यमा यस बर्ष अभूतपूर्व सफलताका साथ जिल्लाका विभिन्न दर्जनौँ स्थानमा ‘लिगल क्लिनिक’ सम्पन्न गरेको छ ।
झापा वार वि.सं. २०२२ सालमा स्थापना भएको हो ।
झापाको पुरानो निकायमध्येमा पर्ने यसले नेपालको लोकतान्त्रिक आन्दोलन सफल बनाउन र जनमुखी न्यायिक अभियानमा उल्लेखनीय योगदान पु¥याएको छ ।