प्रधानमन्त्रीको प्रेस संयोजकमा चेतन

  प्रकाशित मिति
१३ चैत्र २०७४, मंगलवार १४:०१


मेचीनगर । प्रधानमन्त्री केपी ओलीको प्रेस संयोजकमा पत्रकार चेतन अधिकारी नियुक्त भएका छन् ।

प्रधानमन्त्री ओलीको प्रेस संयोजकको जिम्मेवारीमा पत्रकार  अधिकारी दोस्रो पटक चयन भएका हुन् ।

ओलीको पहिलो प्रधानमन्त्रित्व कालमा अधिकारीले निर्वाह गरेको प्रेस संयोजकको भूमिका अत्यन्त प्रभावकारी भएपछि दोस्रो कार्यकालका लागि पनि उनी नै छानिएका छन् ।

प्रधानमन्त्री ओलीको गृहनगर दमक घर भएका पत्रकार अधिकारी जनसङ्ख्या शास्त्र र आम सञ्चार विषयमा स्नातकोत्तर हुन् ।

कान्तिपुर दैनिक, गोरखापत्र दैनिक, स्पेशटाइम दैनिक, शिक्षक मासिक, रेडियो सप्तरङ्गी लगायतका दर्जनौँ पत्रपत्रिकामा महत्वपूर्ण जिम्मेवारी पूरा गरिसकेका पत्रकार अधिकारी प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य एवम् मेची संयोजक रहिसकेका छन् ।

उनी पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्य समेत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: