प्रधानमन्त्रीको सम्बोधन आज ११ बजे

  प्रकाशित मिति
२५ चैत्र २०७६, मंगलवार ०९:४१


मेचीनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्दैछन् ।

उनले मंगलबार बिहान ११ बजे बालुवाटारस्थित निवासबाट राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीको सम्बोधनको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्नेछ ।

प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामबारे जानकारी दिने उनको सचिवालयले जनाएको छ ।

साथै उनले आम नेपालीलाई नआत्तिन र लकडाउनको पूर्णपालना गर्न आग्रह गर्ने बताइएको छ ।

सरकारले ११ चैतदेखि सुरु भएको लकडाउनको अवधि बढाएर ३ वैशाखसम्म पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: